images

२०८३ आश्विन १८ गते

images
images
images

आजदेखि विद्यालय नियमित रूपमा सञ्चालनमा

आजदेखि विद्यालय नियमित रूपमा सञ्चालनमा

images
images
शनिवार, बैशाख २० २०८२
शनिवार, बैशाख २० २०८२
  • काठमाडौंः शिक्षकको आन्दोलनका कारण बन्द भएका विद्यालय आजदेखि नियमित रूपमा सञ्चालनमा आएका छन् ।

    images
    images

    बुधबार सरकार र आन्दोलनरत शिक्षक महासङ्घबीच सहमति भएपछि लामो समयदेखि बन्द भएका विद्यालय क्रमशः खुलेका छन् । 

    विद्यालय खुलेसँगै भर्ना अभियान पनि सुरू भएको छ । विश्व निकेतन मावि त्रिपुरेश्वरका प्रधानाध्यापक हेरम्बराज कँडेलका अनुसार आजदेखि नियमित पठनपाठन सुरू भएको छ । उनले शनिबार र बिदाको दिन पनि नियमित रूपमा विद्यालय सञ्चालन गर्ने र अवरूद्ध भएको शैक्षिक कार्यक्रमलाई गति दिने जानकारी दिएका छन्।

    images
    images

    बिहीबार विश्व मजदुर दिवसको दिन पनि कक्षा ११ को पठनपाठन गरिएको उल्लेख गर्दै उनले आजदेखि भने कक्षा १ देखि १० सम्म नियमित भएको बताए । सो विद्यालयले प्रवेश परीक्षामार्फत छ सय जना नयाँ विद्यार्थी भर्ना गरेको छ । प्रवेश परीक्षामा दुई हजार ७०० विद्यार्थी सहभागी भएका थिए । 
    ‘हामी विद्यार्थी र अभिभावकप्रति जिम्मेवार छौँ, संवेदनशील पनि छौँ । सार्वजनिक बिदाको दिनमा पनि कक्षा सञ्चालन गरेर शैक्षिक कार्यक्रम समयमै सम्पन्न गर्छौँ’, कँडेलले भने ।

    त्यस्तै, कक्षा १२ को परीक्षा यही वैशाख २१ गतेदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको तयारीको काम चलिरहेको र शनिबारसम्म सबै काम सम्पन्न हुने जनाएको छ । शिक्षकको आन्दोलनका कारण यही वैशाख ११ गतेदेखि हुने भनिएको परीक्षा सरेको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend