images

२०८३ आश्विन २० गते

images
images
images
  • कृषि
  • कोशीको कृषि र पर्यटनमा लगानीका लागि...

कोशीको कृषि र पर्यटनमा लगानीका लागि यसो भन्छन् विज्ञ

कोशीको कृषि र पर्यटनमा लगानीका लागि यसो भन्छन् विज्ञ

images
images
शुक्रवार, बैशाख १९ २०८२
शुक्रवार, बैशाख १९ २०८२
  • विराटनगर । कोशी प्रदेशका कृषि र पर्यटनको क्षेत्रमा लगानी गर्ने उपयुक्त समय भएको कृषि र पर्यटन क्षेत्रका विज्ञहरूले बताएका छन् । विराटनगरमा जारी लगानी सम्मेलनअन्तर्गत ‘प्रदेशको समृद्धिमा पर्यटन र कृषि विषयक’ प्यानल छलफलमा कार्यपत्र प्रस्तुत गर्दै विज्ञहरूले लगानीका लागि उपयुक्त समय आएको बताए ।पर्यटनको सम्भावना विषयक कार्यपत्र प्रस्तुत गर्दै नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीले विश्व पर्यटन बजारमा पर्यटकको ट्रेन्ड फेरिएको बताए । ‘पहिला सुविधायुक्त जीवन जिउन घुमिफिर गर्ने गर्थे । हिजोआज नभोगेको जीवन जिउन पाइने गन्तव्य खोज्दै पर्यटकहरू हिँडिरहेका छन् । प्राकृतिक सौन्दर्यता, एड्भेन्चर विविधताले गर्दा पर्यटकका लागि नेपाल गन्तव्य हुन सक्छ ।’

    images
    images

    जोशीले पर्यटन व्यवसायमा पनि प्रविधिको प्रवेश भएकाले प्रविधिमार्फत नेपालका पर्यटकीय गन्तव्यको प्रचार प्रसार भइरहेको बताए । उनले नेपालमा पर्यटकको सङ्ख्या बढ्ने दाबी गरे । अबको गन्तव्य नेपालजस्ता मुलुक भएकाले यो क्षेत्र लगानीको उपयुक्त क्षेत्र रहेको जोशीको भनाइ छ ।कृषि क्षेत्रका विज्ञ डा. तिलचन्द्र भट्टराईले प्रदेशका रैथाने बालीको व्यवसायीकरण र आधुनिकीकरणमा लगानी गर्ने उपयुक्त समय भएको बताए ।

    उनले भने, ‘हाम्रा आफ्ना चिजहरूको हामीले प्रवर्द्धन गर्न सकेका छैनौं । प्रवर्द्धनका लागि ठूलो लगानीको खाँचो छ । कोदो, फापर, अलैँची, अदुवा, चिया जस्ता क्षेत्रमा ठूलो लगानी चाहिन्छ । लगानीविना प्रतिफल हुन सक्दैन, यसका लागि सरकारले नीति र कानूनसमेत लगानीमैत्री बनाउनु पर्छ ।’सरकारले एकैसाथ धेरै कानून संशोधन गरेर व्यवधान फुकाएको भन्दै उनले सराहना गरे ।उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउतले लगानीमैत्री वातावरण बनाउन नीति परिमार्जनमा जोड दिए ।

    images
    images

    उनले भने, ‘एउटा उद्योग दर्ता गर्न वातावरणीय प्रभाव मूल्याङ्कन रिपोर्ट निकाल्नै १० महिना कुर्नपर्छ । यसले गर्दा ३ वर्षको प्रोजेक्ट सम्पन्न गर्न ६ वर्ष लाग्छ त्यतिन्जेलमा लगानीकर्तालाई ब्याजले मारिसकेको हुन्छ ।’कृषि उद्यमी शारदा बाँस्कोटाले तीन तहका सरकारको नीतिमा एकरूपता नहुँदा कृषि क्षेत्रमा लगानी गर्न समस्या भएको बताइन् । उनले यसमा सरकारले सहजीकरण गर्नु पर्ने बताइन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend