images

२०८३ आश्विन १८ गते

images
images
images
  • शिक्षा
  • कक्षा १२ को परीक्षा यही वैशाख...

कक्षा १२ को परीक्षा यही वैशाख २१ देखि सञ्चालन हुनेः राष्ट्रिय परीक्षा बोर्ड

कक्षा १२ को परीक्षा यही वैशाख २१ देखि सञ्चालन हुनेः राष्ट्रिय परीक्षा बोर्ड

images
images
शुक्रवार, बैशाख १९ २०८२
शुक्रवार, बैशाख १९ २०८२

  • काठमाडौँः राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा उत्तीर्ण परीक्षा यही वैशाख २१ देखि आगामी जेठ २ गतेसम्म नियमित रूपमा सञ्चालन हुने स्पष्ट पारेको छ ।

    images
    images

    परीक्षाका सन्दर्भमा अनधिकृत तवरले विभिन्न सामाजिक सञ्जालमा बोर्डको लोगो प्रयोग गरी प्रचार भएकामा आपत्ति प्रकट गर्दै भ्रामक सूचनाका पछाडि नलाग्न आग्रह गरिएको छ । यसअघि बोर्डले कक्षा १२ को परीक्षा यही वैशाख ११ गतेदेखि गर्ने समयतालिका निर्धारण गरेको थियो । नेपाल शिक्षक महासघं आन्दोलनमा रहेका कारण परीक्षाको मिति सारिएको थियो ।

    पछिल्लोपटक महासघंसँग सहमति भएकाले अब भने निधारित परीक्षा केन्द्रहरूमा परीक्षा सञ्चालन हुने बोर्डले जनाएको छ । बोर्डले आफ्नो कुनै फेसबुक पेज नभएको र आधिकारिक सूचना वेबसाइट मार्फत सार्वजनिक हुने स्पष्ट पारेको छ ।

    images
    images

    बोर्डले परीक्षाका बाँकी सबै काम पूरा गरेर तोकिएको मितिमा मर्यादित तवरले सम्पन्न गराउन सबै केन्द्राध्यक्ष, शिक्षक, कर्मचारी एवं सुरक्षा निकाय, अभिभावक, सञ्चारकर्मी र सम्पूर्ण सरोकारवालालाई एक सूचना मार्फत आग्रह गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend