images

२०८३ कार्तिक ६ गते

images
images
images
  • बैंक वित्त
  • बचतपत्र धनीहरूलाई यथाशीघ्र भुक्तानी लिन राष्ट्र...

बचतपत्र धनीहरूलाई यथाशीघ्र भुक्तानी लिन राष्ट्र बैङ्कद्वारा आह्वान

बचतपत्र धनीहरूलाई यथाशीघ्र भुक्तानी लिन राष्ट्र बैङ्कद्वारा आह्वान

images
images
अर्थ समाचार
बिहिवार, आषाढ २० २०८१
अर्थ समाचार
बिहिवार, आषाढ २० २०८१
  • काठमाडौँ - नेपाल राष्ट्र बैङ्कले बचत पत्र धनीहरूलाई यथाशीघ्र भुक्तानी लिन सार्वजनिक आह्वान गरेको छ । 

    images
    images

    नेपाल सरकारको तर्फबाट केन्द्रीय बैङ्कमार्फत जारी भएका नागरिक बचत पत्र र वैदेशिक रोजगार बचत पत्र खरिद गरेका लगानीकर्ताहरूले पाकेको साँवा ब्याज भुक्तानी लिन नआएको भन्दै राष्ट्र बैङ्कले सार्वजनिक सूचना गरेको हो । बिहीबार सूचना प्रकाशित गर्दै राष्ट्र बैङ्कले २०८१ जेठ मसान्तसम्म परिपक्व भएको साँवा तथा आर्जित ब्याज रकम भुक्तानी लिन बाँकी रहेका लगानीकर्ताहरूलाई यथाशीघ्र भुक्तानी लिन आग्रह गरेको छ । 

    केन्द्रीय बैङ्कले सरकारी ऋणपत्र तथा बचत पत्र जारी गर्दै सरकारका लागि आन्तरिक ऋण उठाउने गर्छ । तथापि, पछिल्लो समय यस्तो ऋण उठाउने र भुक्तानी गर्ने जिम्मेवारी सार्वजनिक ऋण व्यवस्थापन कार्यालयलाई सुम्पिएको छ । यसअघिको असुली तथा भुक्तानीको बाँकी दायित्व राष्ट्र बैङ्कले पुरा गर्न लागेको हो । 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend