images

२०८३ आश्विन २० गते

images
images
images

समयमै वर्षा भएपछि महोत्तरीका किसान खुसी

समयमै वर्षा भएपछि महोत्तरीका किसान खुसी

images
images
आइतवार, बैशाख ७ २०८२
आइतवार, बैशाख ७ २०८२
  • महोत्तरी ।  नयाँवर्ष २०८२ प्रारम्भ भएसँगै महोत्तरीका बासिन्दाले यो वर्ष सहकाल हुने आशा गरेका छन् । नववर्षको पूर्वसध्या र वैशाख लागेपछि पनि वर्षात् भएपछि अन्नबाली लगाउन उनीहरूमा उत्साह भरिएको छ भने बाली सप्रने उमङ्ग पनि उनीहरूमा छाएको छ । गत चैतको सुरुदेखि नै खानेपानीको समस्या झेल्दै आएका जिल्लाको उत्तरी क्षेत्रका बासिन्दामा पानी परेसँगै खानेपानीको अभाव हटेको छ । पर्याप्त वर्षा भएपछि पानीका मुहान रसाउन थालेका छन् । 

    images
    images

    पानी परेपछि बर्दिवास–१४ का रामनरेश महतो दङ्ग छन्, ‘यसपाली सहकाल आउने आशा जाग्यो ।’ ‘नयाँ वर्षले राम्रै लक्षण देखाएको छ, वर्ष सुरु हुनपूर्वदेखि नै पानी परेको छ ।’ महतोकै छिमेकी ७५ वर्षीय चन्देश्वर साह भन्छन्, ‘दिनको सङ्केत बिहानीले गर्छ भन्छन्, यो वर्षको सुरुमै परेको वर्षाले आशा पलायो ।’बर्दिवास चोकमाथिका पानीखोल्सी, दूधमारा खोल्सी र दाहाल्नी खोल्सीका मुहानमा पनि पानी रसाएको छ । चौध वडा भएको बर्दिवास नगरपालिकामा ५० जति बस्ती छन् ।

    तीमध्ये अधिकांशमा नदी, खोल्साखोल्सीको पानी भण्डारण गरेर धाराबाट वितरण गरिने पानी नै खानेपानीको मुख्य स्रोत हो । बर्दिवासका वडा नं ६, ७, ९, १२ र १३ मा भने खानेपानीको स्रोत इनार छन् । बर्दिवास–१२ का मेघरोल, जुडी र चल्कीमा इनारसँगै चापाकल पनि प्रयोगमा छन् ।यसैगरी, १२ वटा वडा भएको गौशाला नगरपालिकाका आधा बस्तीमा खोल्साखोल्सी र बोरिङबाट ट्याङ्कीमा भण्डारण गरिएको पानी धाराबाट वितरण प्रणालीबाट आपूर्ति हुँदैछ । गौशालाका अन्य आधा बस्तीमा इनार र चापाकल प्रयोगमा छन् । खानेपानीको समस्या व्यहोर्दै आएको भङ्गाहाका ४ र ५ का वडाका बस्तीमा इनार छन् । ती इनारमा पनि पानी रसाएको छ । ती फागुनदेखि नै सुकेका थिए । इनारमा पानी रसाएपछि गाउँलेहरू दङ्दास छन् ।

    images
    images

    पानी परेसँगै किसानका खेतबारीमा उखु, मकै, सागसब्जी लहलहाएका छन् । आँप, लिची र रुखकटहरमा चिचिला पोटिन थालेका छन् । बर्दिवास–७ प्रेमनगरका ७० वर्षीय किसान रामउद्गार महतो जिल्लामा सहकाल प्रारम्भ भएको ठान्छन् । खेतीपाती, व्यापार–व्यवसाय र अन्य काममा लाग्न आफूहरूलाई सहज भएको उनले बताए।महोत्तरीको ७० हजार हेक्टर खेतीयोग्य जमिनमध्ये अधिकांश खेती आकासे पानीका भरमा गर्नुपर्दा किसान अब पानी राम्ररी पर्ने आशामा छन् । जिल्लामा खेतीयोग्य जमिनमध्ये १० प्रतिशतमा मात्र स्थायी सिँचाइ सुविधा छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend