images

२०८३ आश्विन १६ गते

images
images
images
  • विमा
  • रिलायबल नेपाल लाइफको म्युचुअल फन्डमा आवेदन...

रिलायबल नेपाल लाइफको म्युचुअल फन्डमा आवेदन दिने म्याद थप

रिलायबल नेपाल लाइफको म्युचुअल फन्डमा आवेदन दिने म्याद थप

images
images
आइतवार, बैशाख ७ २०८२
आइतवार, बैशाख ७ २०८२
  • काठमाडौं ।  रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको म्युचुअल फन्डमा आवेदन दिने म्याद थपिएको छ।  इन्स्योरेन्सले बीमा क्षेत्रकै पहिलो ‘रिलायबल समृद्धि योजना’ नामक म्युचुअल फन्डका इकाइ खरिदका लागि आज वैशाख ७ गतेसम्मको समय दिईएकोमा म्याद थप गरिएको हो । रिलायबल इन्भेस्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटलकाअनुसार यो म्युचुअल फन्डमा अब वैशाख १७ गतेसम्म आवेदन दिन सकिनेछ। 

    images
    images

    यस योजनाका १ अर्ब रुपैयाँको बिजपुँजीबराबरको १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइ बिक्री खुला गरिएको छ। कुल इकाइमध्ये १५ प्रतिशतले हुन आउने १ करोड ५० लाख इकाइमध्ये कोष प्रवद्र्धक रिलायबल नेपाल लाइफलाई १४ प्रतिशतले हुन आउने १ करोड ४० लाख इकाइ र १ प्रतिशतले हुन आउने १० लाख इकाइ योजना व्यवस्थापक रिलायबल क्यापिटललाई छुट्याइएको छ। बाँकी ८ करोड ५० लाख इकाइको सार्वजनिक निष्कासन गरिएको छ।

    लगानीकर्ताले यस योजनामा न्यूनतम १०० इकाइदेखि अधिकतममा १ करोड इकाइसम्म खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै सीडीएससीको मेरो सेयर सफ्टवेयरमार्फत अनलाइन माध्यमबाट इकाइ खरिदका लागि आवेदन दिन सक्नेछन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend