images

२०८३ आश्विन १६ गते

images
images
images
  • विमा
  • तेस्रो त्रैमाससम्म गुराँस लघुवित्तको नाफासगैँ बढ्यो...

तेस्रो त्रैमाससम्म गुराँस लघुवित्तको नाफासगैँ बढ्यो प्रतिशेयर आम्दानी

तेस्रो त्रैमाससम्म गुराँस लघुवित्तको नाफासगैँ बढ्यो प्रतिशेयर आम्दानी

images
images
शुक्रवार, बैशाख ५ २०८२
शुक्रवार, बैशाख ५ २०८२
  • काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। लघुवित्तको विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा बढेको छ।

    images
    images

    चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले २ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ भने गत वर्षको तुलनामा २०.६२ प्रतिशत बढी र गत  वर्षको सोही अवधिसम्ममा लघुवित्तले २ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।  लघुवित्तको खुद ब्याज आम्दानी बढेसँगै लघुवित्तको खुद नाफा पनि बढेको छ।

    लघुवित्तको समीक्षा अवधिमा खुद ब्याज आम्दानी ५६.६६ प्रतिशत बढेको छ भने अन्य सञ्चालन आम्दानी १४ प्रतिशत घटेको छ। लघुवित्तको समीक्षा अवधिमा कुल सञ्चालन आम्दानी ३३.९२ प्रतिशत र सञ्चालन मुनाफा ३९.५४ प्रतिशत बढेको छ।

    images
    images

    लघुवित्तको प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको छ। प्रतिशेयर नेटवर्थ १४६ रुपैयाँ २६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ९४.२ गुणा रहेको छ। लघुवित्तले चैत मसान्तसम्ममा १ अर्ब ३२ करोड ९ लाख रुपैयाँ सापटी र ४० करोड ३८ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ८८ करोड ७८ लाख रुपैयाँ कर्जा लगानी गरेको  रहेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend