काठमाडौँ । पछिल्लो समय मोबाइल चार्ज गर्ने क्रममा हुने दुर्घटनाहरू बढ्दै गएका छन् । यसैलाई मध्यनजर गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मोबाइल चार्ज गर्दा हुनसक्ने जोखिमबाट जोगिन केही सुझाव सार्वजनिक गरेको छ । सामाजिक सञ्जालमा भिडिओ सन्देश जारी गर्दै प्राधिकरणले नागरिकलाई सतर्क रहन आग्रह गरेको हो ।
प्राधिकरणका अनुसार मोबाइल चार्ज भइरहँदा प्रयोग गर्नु हुँदैन । त्यस्तै, मल्टिप्लगमा ओभरलोड हुनेगरी धेरै विद्युतीय उपकरण जडान गर्दा पनि दुर्घटनाको जोखिम हुने प्राधिकरणले उल्लेख गरेको छ ।फोन चार्जमा राखेर सुत्दा पनि दुर्घटनाको जोखिम हुने भएकाले सावधानी अपनाउन प्राधिकरणले सुझाव दिएको छ । साथै, कमसल तार र चार्जर प्रयोग गर्दा विद्युत शर्टसर्किट भई आगलागी हुन सक्ने भएकाले त्यस्तो उपकरण प्रयोग नगर्न अनुरोध गरिएको छ ।
चार्ज गर्दै मोबाइल प्रयोग गर्दा ब्याट्री तात्ने र विस्फोट हुने सम्भावना हुने प्राधिकरणको भनाइ छ । चार्ज हुँदा मोबाइलको प्रोसेसर र ब्याट्री दुवै सक्रिय हुने भएकाले अत्यधिक ताप उत्पन्न हुने र जोखिम बढ्न सक्छ ।एउटै मल्टिप्लगमा धेरै उपकरण जडान गर्दा ओभरलोड भएर आगलागीको सम्भावना बढ्ने भएकाले त्यसबाट पनि जोगिन सुझाव दिइएको छ ।




.gif)





