images

२०८३ आश्विन १६ गते

images
images
images
  • कृषि
  • बाढी पहिरोका कारण चैते धानको उत्पादन...

बाढी पहिरोका कारण चैते धानको उत्पादन घट्ने

बाढी पहिरोका कारण चैते धानको उत्पादन घट्ने

images
images
आइतवार, चैत्र ३१ २०८१
आइतवार, चैत्र ३१ २०८१
  • फिदिम । बाढीले खेत र कुलो बगाएका कारण यो वर्ष पाँचथरमा चैते धानको उत्पादन घट्ने देखिएको छ। गत असोज ९ देखि १२ गतेसम्म भएको अविरल वर्षासँगै आएको बाढी पहिरोेले चैते धान रोपिँदै आएका फेमे, हेँवा र तमोर नदी गड्तीरका खेत बगाउनका साथै सिँचाइका लागि बेंशीसम्म लगिने कुलो बगाएका कारण धान उत्पादनमा कम हुने अनुमान कृषि ज्ञान केन्द्र पाँचथरले गरेको छ।

    images
    images

    पाँचथर जिल्लामा यसअघि करिब तीन सय हेक्टर जमिनमा चैते धान रोपिन्थ्यो। जसमध्ये गत असोज महिनामा आएको बाढीले एकसय हेक्टर भन्दा धेरै खेत र सिँचाइ गर्ने कुलो बगाएकाले यो वर्ष दुई सय रोपनी हाराहारीमा मात्रै धान रोपिएको छ।गत वर्षको तुलनामा ३० प्रतिशत हाराहारी धान उत्पादन घट्ने प्रक्षेपण गरिएको कृषि ज्ञान केन्द्र पाँचथरका सूचना अधिकारी केशर मग्रान्तीले बताउनुभयो।यो वर्ष हेँवा, फेमे र तमोर गड्तीरका खेत र ती खेतमा सिँचाइ गर्न बनाइएका कुलो बग्दा धेरैजसो किसान धनीपूर्जा हेरेर चित्त बुझाउन बाध्य भएको किसान बताउँछन्। 

    ‘पूर्जामा खेत छ, राजस्व पनि तिरिरहेकै छौं, कागजमा जे जसो भएपनि हाम्रो पीडा अर्कै छ, खेत बाढीमा बग्यो, धान झुल्ने फॉटमा ढुंगा र बालुवा मात्रै थुप्रिएको छ’, फिदिम ११ का संगीता बुढाथोकीले दुःखेसो पोख्नुभयो।बाढीले हेवा फेमे र तमोर खोला आसपास राम्ररी उत्पादन हुने चैते धानका फाट बगरमा परिणत भएपछि किसानलाई बिउँ जोगाउने चुनौती छ। ‘यो वर्ष रोपाइँ नै थोरै भएको किसान पवित्रा घिमिरेले सुनाउनुभयो।  

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend