images

२०८३ आश्विन १७ गते

images
images
images
  • प्रविधि
  • प्रेरणादायी भिडियोसहित अभिकर्ता पेशामा आबद्ध हुन...

प्रेरणादायी भिडियोसहित अभिकर्ता पेशामा आबद्ध हुन मेटलाइफको आह्वान

प्रेरणादायी भिडियोसहित अभिकर्ता पेशामा आबद्ध हुन मेटलाइफको आह्वान

images
images
बिहिवार, चैत्र २८ २०८१
बिहिवार, चैत्र २८ २०८१
  • काठमाडौं । मेटलाइफ नेपालले देशभरका बिभिन्न इच्छुक मानिसहरूलाई जीवन बीमा क्षेत्रमा इनामदायी र अर्थपूर्ण करियर सुरु गर्ने सुनौलो अवसर प्रदान गर्दै जीवन बीमा अभिकर्ता पेशामा आबद्ध हुन अनुरोध गरेको छ । “अब सकारात्मक परिवर्तन ल्याउने पालो तपाईंको” भन्ने नारासहित सुरु गरिएको यो अभियानले मेटलाइफका बीमा अभिकर्ताहरूले परिवार, समुदाय, र राष्ट्रको जीवनमा कस्तो सकारात्मक प्रभाव पार्न सक्छन् भन्ने कुरामा जोड दिएको छ ।

    images
    images

    जब धेरै नेपालीहरूले विदेशमा रोजगारी खोजिरहेका छन्, मेटलाइफ नेपालको यो अभियानले नेपालमै बसेर पनि अर्थपूर्ण र सम्मानजनक करियर निर्माण गर्न सकिने सन्देश दिन्छ । जीवन बीमा अभिकर्ताको रूपमा व्यक्तिहरूले आर्थिक स्वतन्त्रता, व्यावसायिक पहिचान, र व्यक्तिगत सन्तुष्टिसहित आफ्नो समुदायमा सकारात्मक प्रभाव पार्न सक्छन् । यो अभियान नेपालीहरूलाई आफ्नै देशमा बसेर भविष्य निर्माण गर्न र आत्मविश्वासपूर्ण जीवन सुनिश्चित गर्ने उद्देश्यसहितको करियरमा योगदान पु¥याउन आह्वान गरेको छ ।

    मेटलाइफ नेपालमा करियर सुरु गर्दा असंख्य अवसरहरूको ढोका खुल्छ । इच्छुकहरूले अन्तर्राष्ट्रिय स्तरको बीमा र बिक्रीसम्बन्धी तालिम प्राप्त गर्छन्, बहुराष्ट्रिय कार्यसंस्कृति अनुभव गर्छन्, र निरन्तर सिकाइ तथा विकासको पहुँच पाउँछन् । आर्थिक सफलता मात्र नभएर, यस पेशामा एउटा गहिरो जिम्मेवारी पनि हुन्छ—व्यक्तिहरू र परिवारहरूलाई सुरक्षा र आर्थिक सुनिश्चितता प्रदान गर्नु । जीवन बीमा अभिकर्ताहरूले मानिसहरूलाई जीवनका अनिश्चितताहरूका लागि तयार हुन सहयोग गर्छन्, जसले सपनाहरूलाई सुरक्षित राख्छ र भविष्यलाई सुनिश्चित बनाउँछ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend