images

२०८३ आश्विन २८ गते

images
images
images
  • शेयर
  • होटेल इच्छा आईपिओ निष्कासन गर्दै, हिमालयन...

होटेल इच्छा आईपिओ निष्कासन गर्दै, हिमालयन क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त

होटेल इच्छा आईपिओ निष्कासन गर्दै, हिमालयन क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त

images
images
बिहिवार, चैत्र २८ २०८१
बिहिवार, चैत्र २८ २०८१
  • काठमाडौं । पाँचतारे होटल ईच्छा लिमिटेडले सर्वसाधारणमा आईपिओ निष्कासन गर्ने भएको छ । सेयर निष्काशन गर्नेका लागि आज हिमालयन क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

    images
    images

    सम्झौतापत्रमा होटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत  रेवन्तप्रसाद धौभडेल र हिमालयन क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले हस्ताक्षर गरेका छन्  । उक्त हस्ताक्षर कार्यक्रम होटलका संस्थापक अध्यक्ष ईच्छा बहादुर वाग्लेको उपस्थितिमा भएको हो ।  उक्त कार्यक्रममा निष्काशन कम्पनीका तर्फबाट सञ्चालक मुनसन वाग्ले,संस्थापक शेयरधनी लालकाजी खड्का, गोकर्ण खतिवडा, सञ्जोग बिक्रम कुवँर र बिक्री प्रबन्धक कम्पनीका प्रमुख सञ्चालन अधिकृत राम प्रसाद भट्टराईको समेत उपस्थिति रहेको थियो ।

    अधिकृत पुँजी २०० करोड रहेको र जारी पुँजी  १५० करोड रहेको उक्त होटलले जारी पूँजीको २० प्रतिशत अर्थात रु। ३० करोड रकम बराबरको ३० लाख कित्ता शेयरको सर्वसाधारणमा शेयर निष्काशन गर्ने भएको हो ।नेपाल ल्याण्ड एण्ड हाउजिङ्ग एसोसियसनका पूर्व अध्यक्ष एवं समाजसेवी ईच्छा बहादुर वाग्लेले आफ्नै नाममा होटलको नाम राखी २०७४ सालमा भारतका प्रसिद्ध योग गुरु बाबा रामदेवबाट उद्घाटन गराई चारतारे होटलको रूपमा सञ्चालनमा ल्याएकोमा होटलको व्यवसायीक प्रगति संगसंगै २०७९ सालमा मधेश प्रदेशकै पहिलो र एकमात्र पाँचतारे होटलको मान्यता प्राप्त गर्न सफल भएको छ। यसै आर्थिक वर्षको श्रावण १ गतेदेखि पब्लिक कम्पनीको रूपमा समेत सञ्चालनमा आएको छ ।

    images
    images

    शुरुमा व्यक्तिगत रूपमा स्वः लगानीमा सञ्चालनमा आएको उक्त होटलले चालु आर्थिक वर्षमा सर्वसाधारण तथा उच्च व्यवसायीक घरानाका व्यक्ति तथा कम्पनीहरू समेतलाई प्रवर्द्धकको रूपमा भित्र्याई हाल संस्थापक समूहको चुक्ता पुँजी १२० करोड पुगेको छ । पाँच विगाहा भन्दा बढी क्षेत्रफल रहेको जग्गामा निर्मित उक्त होटलमा सुविधा सम्पन्न १०० वटाकोठाहरु रहेका छन् भने स्वीमिङ्ग पुल, क्यासिनो, स्पा, ब्याङक्वेट, क्लब हाउस आदि समेत सुविधाहरू रहेका छन् ।चालु आर्थिक वर्षमा साधारण सभाबाट प्रस्ताव पारित गरी नेपाल धितोपत्र बोर्डमा सार्वजनिक निष्काशनको स्वीकृतिकालागि आवेदन दिने र आगामी आर्थिक वर्ष भित्रमा सर्वसाधारणमा शेयर निष्काशन गर्ने योजना रहेको कम्पनीका प्रमुख प्रवद्र्धक ईच्छा बहादुर वाग्लेले जानकारी दिए ।

    हाल सञ्चालनमा रहेको मिनी क्यासिनोलाई पाँचतारे होटल स्तरको क्यासिनो सञ्चालन गर्नकालागि छुट्टै भवनमा स्थानान्तरण गर्ने गरी भवन निर्माणको कार्य भईरहेको छ । होटललाई अन्तर्राष्ट्रिय स्तरमा समेत पहिचान गराउन भारतको प्रसिद्ध होटल व्यवस्थापन समूहलाई होटल सञ्चालनको जिम्मा दिने सम्बन्धमा छलफल करिब अन्तिम चरणमा पुगेको र केही दिनमा नै सम्झौता भईसक्ने पनि जानकारी दिए ।भारतको मुख्य गरी विहार प्रदेशका नागरिककालागि डेस्टिनेशन म्यारिज हवको रूपमा परिचित यस होटलले वर्षेनी ३० देखि ४० वटा वैवाहिक कार्यक्रम होटलमा गर्ने गरेको छ । भारतको सीमानाबाट करिब १९ किमि टाढा रहेको यस होटल भारतिय नागरिकहरुकालागि क्यासिनो खेल्नका लागि हव नै बनेको छ । 

    काठमाडौं –निजगढ फास्ट ट्रयाक सम्पन्न भएपछि सडक मार्गबाट नेपाल आउने भारतीय नागरिकहरुको संख्या बढ्ने, हवाईमार्गबाट आउने यात्रुहरूलाई पनि १ किमि को दुरीमा रहेको सिमरा एअरपोर्टबाट सहज हुने र भारतको रक्सोलमा समेत एअरपोर्ट निर्माणको तयारी भईरहेकोले भारतिय नागरिकहरुलाई हवाई यातायातबाट नेपाल आउँदा जाँदा ट्रान्जिटको रूपमा बस्नका लागि यो होटल केन्द्रबिन्दु बन्ने भएकाले पनि होटलको स्तरोन्नति गरी पाँचतारे होटलमा परिणत गरिएको वाग्लेले बताएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend