images

२०८३ आश्विन २३ गते

images
images
images
  • शेयर
  • नेप्से ९.६६ अंकले बढ्यो, ४ अर्ब...

नेप्से ९.६६ अंकले बढ्यो, ४ अर्ब ४४ करोडको कारोबार

नेप्से ९.६६ अंकले बढ्यो, ४ अर्ब ४४ करोडको कारोबार

images
images
बुधवार, चैत्र २७ २०८१
बुधवार, चैत्र २७ २०८१
  • काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से ९.६६ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २६७६ मा कायम भएको छ ।कारोबारका क्रममा दिउँसो ११ : ४४ बजे नेप्से परिसूचक २७०१ अंकसम्म पुगे पनि टिक्न सकेन । कारोबार रकम घटेको छ । अघिल्लो दिन ५ अर्ब ३० करोडको कारोबार भएकोमा आज ४ अर्ब ४४ करोडमा खुम्चियो । १५४ कम्पनीको मूल्य बढ्दा ९० को घट्यो भने एउटाको स्थिर रह्यो ।

    images
    images

    यस दिन बैंकिङ र व्यापार बाहेक सबै सेक्टरका सूचक बढेका छन् । बैंकिङ ०.०३ तथा व्यापार ०.४० प्रतिशत घटे । होटल तथा पर्यटन सेक्टर सबैभन्दा धेरै २.४४ प्रतिशत बढ्यो ।विकास बैंक ०.२९, फाइनान्स ०.३४, हाइड्रोपावर ०.०८, लगानी १.४८, जीवन बीमा ०.२२, उत्पादन १.३६, माइक्रोफाइनान्स ०.२२, निर्जीवन बीमा ०.६५, अन्य ०.३६ प्रतिशत बढे ।नेपाल माइक्रोइन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो । हालै बजारमा सूचीकृत भएको यस कम्पनीको मूल्य अब केही दिन लगातार १० प्रतिशत बढ्नेछ । त्यस्तै विन नेपाल लघुवित्तको ७.९९, बोटलर्स नेपाल बालाजुको ५.१६, सोल्टी होटलको ३.९२, ङादी ग्रुप पावरको ३.३६ प्रतिशत मूल्य बढ्यो ।

    सिन्धु विकास बैंकको मूल्य सबैभन्दा धेरै ७.४ प्रतिशत घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, सीईडीबी होल्डिङ्स, हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा र राधि विद्युत् क्रमशः अगाडि रहे ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend