images

२०८३ आश्विन १७ गते

images
images
images
  • कर्पोरेट
  • रोजगारी सिर्जनाका लागि आइएसभिजी र चीनको...

रोजगारी सिर्जनाका लागि आइएसभिजी र चीनको सांघाई हाइस्यानबीच सम्झौता

रोजगारी सिर्जनाका लागि आइएसभिजी र चीनको सांघाई हाइस्यानबीच सम्झौता

images
images
बुधवार, चैत्र २७ २०८१
बुधवार, चैत्र २७ २०८१
  • काठमाडौं- इन्टरनेशनल स्काउट भोलेन्टियर ग्रुप र सांघाई हाइस्यान मिडिया ग्रुपले नेपालमा रोजगारी सिर्जनाका लागि संयुक्त रुपमा काम सुरु गर्ने भएका छन् ।बुधबार काठमाडौंमा दुई संस्थाबीच नेपालमा रहेको बेरोजगारको समस्या अन्त्य गर्नेबारेमा मिलेर काम गर्ने सम्झौता भएको हो ।

    images
    images

    रोजगारीको अवसर सिर्जना गर्न सबैभन्दा पहिला भाषिक ज्ञान महत्त्वपूर्ण भएकाले दुई संस्थाबीच नेपालमा चिनियाँ भाषा सिकाउने र चिनियाँ बजारमा रोजगारीको अवसर सिर्जना गर्न पहल गर्नेबारे सम्झौता भएको छ ।२०२५ देखि २०२८ सम्म उक्त योजनाअनुसार काम गर्ने सहमति भएको आइएसभिजी इन्टरनेशन स्काउट भोलेन्टियर ग्रुप नेपालका अध्यक्ष अजित खड्काले बताए । योजनाअनुसार नेपालमा भएका युवा युवतीहरुलाई क्षमता अभिवृद्धि गर्ने कामहरु अघि बढाइने जानकारी दिए ।परियोजना समाज कल्याण परिषद् र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले स्वीकृत गरिसकेपछि आवश्यक परेका स्थानहरुमा गएर काम सुरु गर्ने जानकारी दिए ।

    उनले भने,‘हामी इन्टरनेशनल स्काउट भोलेन्टियर ग्रुप र सांघाई हाइस्यान मिडिया ग्रुपको सहकार्यमा यि कामहरु गर्दैछौँ । हाम्रो अहिले २०२५ देखि २०२८ सम्म एउटा वृहत योजना छ । जस वृहत योजनाअनुसार नेपालमा भएका युवा युवतीहरुलाई क्षमता अभिवृद्धि गर्ने कामहरु हामी गर्दैछौँ । त्यसमा विशेष गरी आफूले जानेका ज्ञान, सीपका कुराहरु र जीवन उपयोगी कार्यहरु हामी गर्नेछौँ । नेपाल र चीनबीच आफ्नो मैत्रीपूर्ण कार्यहरु हामी गर्दछौँ । नेपाल र चीनमा भएका दुवै देशका संस्कृति आदानप्रदान गर्ने काम गर्दछौँ । पहिला नेपालमा अरनीकोले चीनमा गएर आफ्नो सम्पूर्ण काम गर्नुभयो । बलबाहुले पनि काम गर्नुभयो । अहिले पनि बेइजिङमा बलबाहुको शालिक छ । त्यो शालिकमा नेपालीलाई पैसा तिर्न पर्दैन । चीनले नेपालमा धेरै कामहरु गरेको छ । अब हामीले गर्न खोजेको काम नेपालमा रहेका बेरोजगारलाई रोजगारी कसरी दिने भन्दा विश्वमा भाषा नै सबैभन्दा ठूलो कुरा भएकाले भाषाको प्रवद्र्धन गर्ने, चाइनिज भाषा नेपालमा प्रवद्धन गरौँ भनेर यो कार्यक्रम आयोजना गरेका हौँ । अब हामी विभिन्न ठाउँमा जान्छौँ, हामीले विशेष गरी यो स्वीकृति समाजकल्याण परिषद् र समाज कल्याण मन्त्रालयमा हामीले परियोजनाहरु बुझाउँछौँ । परियोजनाहरु हामीले बुझाइसकेपछि स्वीकृत भएपछि हामी विभिन्न ठाउँमा निरीक्षणमा जान्छौँ । जुन जुन ठाउँमा आवश्यकता पर्दछ । त्यो त्यो ठाउँमा कार्य गर्दछौँ ।’

    images
    images

    उनकाअनुसार दुई संस्थाले नेपालको रोजगारीको समस्या चिर्नका लागि आगामी दिनहरुमा पनि विभिन्न किसिमका योजनाहरु अघि बढाउने गरी सहकार्य गरेर अघि बढ्ने सहमति गरेको बताए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend