images

२०८३ आश्विन १७ गते

images
images
images
  • प्रविधि
  • पठाओले व्यापारीलाई निःशुल्क पार्सल डेलिभरीदेखि ५०...

पठाओले व्यापारीलाई निःशुल्क पार्सल डेलिभरीदेखि ५० डलरको फेसबुक एड क्रेडिट सम्मका अफर दिँदै

पठाओले व्यापारीलाई निःशुल्क पार्सल डेलिभरीदेखि ५० डलरको फेसबुक एड क्रेडिट सम्मका अफर दिँदै

images
images
मंगलवार, चैत्र २६ २०८१
मंगलवार, चैत्र २६ २०८१
  • काठमाडौं । पठाओ नेपालले नयाँ वर्ष २०८२ को अवसरमा ‘पठाओ पार्सल डेलिभरी महोत्सव- न्यू इयर बोनाञ्जा’ सुरु गरेको छ । ‘सस्तो दर, भरपर्दो डेलिभरी’ भन्ने नारासहित यही चैत २५ देखि वैशाख १७ गतेसम्म यो महोत्सव सञ्चालन हुनेछ ।होत्सवको अवसरमा पठाओ नेपालले काठमाडौं उपत्यकाभित्र रहेका व्यावसायिक व्यापारीलाई लक्षित गरी विभिन्न उपहार र योजनाहरू ल्याएको छ ।

    images
    images

    “नेपालको प्रमुख चुनौती नै लजिस्टिक्स हो । पठाओले त्यो चुनौती समाधान गर्दै साना व्यवसायहरूको पहुँच मुलुकभर विस्तार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो,” पठाओ नेपालकी निर्देशक सुरक्षा हमालले भनिन् ।पठाओको नयाँ योजनामा‍ दर्ता हुने सबै व्यापारीहरूले पहिलो ५० अर्डरसम्म तीन केजीसम्मका पार्सल नेपालभर निःशुल्क पठाउन सक्नेछन् ।

    कम्पनीका अनुसार अप्रिल र मे महिनामा डेलिभरी शुल्कमा छुट दिइनेछ । त्यस्तै काठमाडौं उपत्यकाभित्रको डेलिभरीका लागि तीन केजीसम्म ५९ रुपैयाँ र काठमाडौँ उपत्यका बाहिरका लागि ७९ रुपैयाँ तोकिएको छ ।महोत्सव अवधिभर २०० भन्दा बढी अर्डर गर्ने १० जना व्यापारीहरूले ५० डलरको फेसबुक एड क्रेडिट जित्न सक्ने छन् । त्यस्तै, दैनिक अर्डर गर्ने व्यापारीहरूमध्ये हरेक हप्ता एक जनाले १०० ओटा निःशुल्क डेलिभरी भाउचर जित्नेछन् भने हरेक दिन विभिन्न गिफ्ट ह्याम्पर वा शपिङ भाउचर पनि जित्न सक्नेछन् ।

    images
    images

    पठाओले व्यापारीहरूका लागि २४ घण्टामा फन्ड सेटलमेन्ट, २४ घण्टा ग्राहक सेवा सपोर्ट र व्यावसायिक ड्यासबोर्ड सुविधा समेत ल्याएको छ । यसले गर्दा उनीहरूले अर्डर, भुक्तानी र ट्रयाकिङ सजिलै गर्न सक्ने कम्पनीको विश्वास छ । यस महोत्सवमा सहभागी हुन चाहने व्यापारीहरूले पठाओ पार्सलको वेबसाइटमार्फत अनलाइन दर्ता गर्न सक्नेछन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend