images

२०८३ आश्विन १८ गते

images
images
images
  • शिक्षा
  • शिक्षक महासंघले आजदेखि देशव्यापी शैक्षिक आम...

शिक्षक महासंघले आजदेखि देशव्यापी शैक्षिक आम हडतालको घोषणा

शिक्षक महासंघले आजदेखि देशव्यापी शैक्षिक आम हडतालको घोषणा

images
images
सोमवार, चैत्र २५ २०८१
सोमवार, चैत्र २५ २०८१
  • काठमाडौँः नेपाल शिक्षक महासंघले शिक्षा ऐन माग गर्दै काठमाडौँमा गरेको विशाल आन्दोलनको आज छैटौँ दिन पुगेको छ। महासंघले विगतका समहति सम्झौता समेटेर शिक्षा ऐन जारी गर्न माग गर्दै गत माघ २० गतेदेखि आन्दोलन सुरु गरेको थियो। विभिन्न चरण पूरा गर्दै आन्दोलन काठमाडौँमा केन्द्रित भएको छ।

    images
    images

    महासंघले आन्दोलनलाई सशक्त बनाउने क्रममा आजदेखि देशव्यापी शैक्षिक आम हडतालको घोषणा गरेको छ। हडतालको घोषणा आइतबार गरिएको थियो। महासंघका महासचिव तुलाबहादुर थापा र अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार काठमाडौँमा जारी शैक्षिक सडक आन्दोलनलाई अन्तिम र निर्णायक भनिएको छ। उनीहरूद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री शिक्षा ऐन जारी गराउने सवालमा यो अन्तिम र निर्णायक पनि आन्दोलन हो।’

    महासंघले सबै शिक्षक तथा विद्यालय कर्मचारीहरूलाई काठमाडौँमा जारी आन्दोलनमा अनिवार्य रूपमा सहभागी हुन आग्रह पनि गरिएको छ। साथै, हडताल अवधिभर उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम, सेमिनार, शैक्षिक भ्रमणजस्ता गतिविधिमा सहभागी नहुन पनि निर्देशन दिएको छ।

    images
    images

    महासंघले आन्दोलनप्रति ऐक्यबद्धता जनाउनका लागि विद्यार्थी, अभिभावक, विश्वविद्यालय, शिक्षा क्षेत्रमा क्रियाशील संघसंस्थाहरू र अन्य सरोकारवाला पक्षसँग अपिल गरेको छ। अध्यक्ष सुवेदीले आन्दोलनमा नआउने शिक्षक कर्मचारीलाई आग्रह गर्दै यो निर्णायक आन्दोलनमा जुनसुकै हालतमा पनि उपस्थित हुन अनुरोध गरेका छन्।

    उनले काठमाडौँ नआएको शिक्षक र कर्मचारीलाई पनि भने, ‘अब त स्कुल सबै बन्द भए, अब काठमाडौँ आउन कुनै बाधा छैन। हामी तपाईंलाई पर्खिरहेका छौं। तपाईंलाई काठमाडौँमा भेटेर सँगै शैक्षिक सडक आन्दोलनमा जुलुस र नारा लगाउन मन छ। के हामीलाई त्यस्तो अवसर प्राप्त होला?’

    सरकारलाई थप दबाब दिन आन्दोलनरत शिक्षक कर्मचारीहरूले आइतबार सिठ्ठी जुलुस निकालेका थिए भने आज कालो मास्क लगाएर मौन जुलुस निकाल्ने तयारीमा छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend