images

२०८३ आश्विन २० गते

images
images
images
  • विश्व
  • पछिल्लो पटक अमेरिकाबाट थप आठ नेपाली...

पछिल्लो पटक अमेरिकाबाट थप आठ नेपाली निष्काशित

पछिल्लो पटक अमेरिकाबाट थप आठ नेपाली निष्काशित

images
images
सोमवार, चैत्र २५ २०८१
सोमवार, चैत्र २५ २०८१
  • अमेरिकाले अवैध रूपमा बसिरहेका नेपालीहरूलाई निष्काशन गर्ने क्रम जारी राखेको छ ।

    images
    images

    पछिल्लो पटक अमेरिकाबाट थप आठ नेपाली निष्काशित भएका छन्। निष्काशनमा पर्नेहरुमा बुढा, पुन, सेन, चौधरी, खड्का, सुवेदी, पुन मगर, पाठक थरका एक–एक जना रहेको स्रोतले जनाकारी गराएको छ ।

    गैरकानुनी रूपमा अमेरिका बस्दै आएका उनीहरूलाई अमेरिकी अध्यागमनले यसै साता निष्काशन गरेको हो। उनीहरूलाई एयर इन्डियाको विमानबाट नेपाल फर्काइएको छ । उनीहरु मध्ये पुन, सुवेदी, पुन मगर, पाठक र बुढा अवैध रुपमा तल्लोबाटो (मेक्सिको) हुँदै अमेरिका पुगेका थिए । उनीहरुलाई अमेरिका प्रवेश गर्ने बित्तिकै प्रहरीले पक्राउ गरेको जनाइएको छ । पक्राउ परेका मध्ये पासपोर्ट नभएकाको ट्राभल डकुमेन्ट बनाएर अमेरिकाले नेपाल डिपोर्ट गरेको हो ।

    images
    images

    डोनाल्ड ट्रम्पले राष्ट्रपतिमा शपथ लिएपछि अमेरिकाको आप्रवासन सम्बन्धी नीति परिवर्तन भएको हो । राष्ट्रपति ट्रम्पले आप्रवासनसम्बन्धी नयाँ कार्यकारी आदेश जारी गरेर गैरकानुनी रूपमा बसोबास गर्ने आप्रवासीमाथि निरन्तर धरपकड गर्दै आएको छ। अहिले पनि ठूलो संख्यामा नेपालीहरू त्यहाँको अध्यागमन प्रहरी आइसीईको निगरानीमा छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend