images

२०८३ आश्विन १८ गते

images
images
images
  • अर्थतन्त्र
  • अर्थतन्त्रको विकासका लागि सरकारले जोखिम उठाउनैपर्छः...

अर्थतन्त्रको विकासका लागि सरकारले जोखिम उठाउनैपर्छः गगन थापा

अर्थतन्त्रको विकासका लागि सरकारले जोखिम उठाउनैपर्छः गगन थापा

images
images
आइतवार, चैत्र २४ २०८१
आइतवार, चैत्र २४ २०८१
  • काठमाडौँः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुकको अर्थतन्त्रको विकासका लागि सरकारले केही जोखिम उठाउनैपर्ने बताएका छन् । 

    images
    images

    ‘एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवादमा’ उनले सरकारले निजी लागनीकर्तामाझ विश्वास बढाउन सके अर्थतन्त्रको विकास हुने बताए । यसमा निजी क्षेत्रले पनि सार्थक सहयोग गर्नु जरुरी रहेको उनको भनाइ थियो । 

    सांसद समेत रहेका गगनकुमार थापाले हरेक क्षेत्रमा खुला र पारदर्शी छलफलले मात्रै समस्याको सार्थक समाधान हुन सक्नेमा जोड दिएका छन् । सरकारले अर्थतन्त्रको सुधारका लागि महत्त्वपूर्ण काम गर्ने प्रयास गरिरहेको उल्लेख गर्दै उनले शासकीय सुधार र अर्थतन्त्रको सुधारका लागि सरकारको योजनामा निजी क्षेत्र र नागरिकले विश्वास गर्नुपर्ने धारणा राखेका छन् । 

    images
    images

    नेता गगनकुमार थापाले  आईटी, सफ्टवेयर, प्रोग्रामिङ सँगै पूर्वाधारका क्षेत्रमा काम गर्नुपर्नेमा पनि जोड दिएका छन् । मुलुकभित्रै केही गर्न खोज्नेलाई सरकारले सहजीकरण गर्नुपर्ने उनको भनाइ थियो । त्यसका लागि सरकारको नेतृत्वले योजनाबद्ध पहल गर्नुपर्ने उनले बताएका छन् । कर प्रणाली सुधार गर्न नीतिगत रूपमा कसरी सम्बोधन गर्न सकिन्छ सोबारे सरोकार भएका निकायसँग समन्वय र छलफल गर्नुपर्नेमा पनि उनले जोड दिएका छन् । 

    विदेशमा कमाएको मुद्रा देशभित्र ल्याउन सकिए लगानी भित्रिने सांसद थापाले बताए । सरकारले पछिल्लो पटक बनाएको कानुन त्यसको सुरुआत हुनसक्ने उनको भनाइ रहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend