images

२०८३ आश्विन २२ गते

images
images
images

देशैभर २ हजार बढी डेङ्गु संक्रमित, सबैभन्दा धेरै काठमाडौंमा

देशैभर २ हजार बढी डेङ्गु संक्रमित, सबैभन्दा धेरै काठमाडौंमा

images
images
अर्थ समाचार
बुधवार, श्रावण १६ २०८१
अर्थ समाचार
बुधवार, श्रावण १६ २०८१
  • काठमाडौं - देशभर डेंगी संक्रमितको संख्या २ हजार नाघेको छ । सन् २०२४ जनवरीयता २९ जुलाईसम्म २ हजार ६१ जना संक्रमित भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ ।

    images
    images

    जसमध्ये जुलाईका २९ दिनमा ५७४ संक्रमित थपिएका हुन् । यो वर्ष (सन् २०२४)मा डेंगी संक्रमण ७३ जिल्लामा फैलिएको छ । वाग्मती प्रदेशमा सबैभन्दा धेरै ६६६ जनामा संक्रमण देखिएको छ । जिल्लागत रूपमा काठमाडौंमा सबैभन्दा धेरै २४९ जनामा संक्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ ।

    झापामा १३०, चितवनमा १०५, तनहुँमा ८७, मकवानपुरमा ७८, कास्कीमा ७४, भोजपुरमा ६२, काभ्रेमा ६०, ओखलढुंगामा ५९ र धनकुटामा ५८ जनामा डेंगी पुष्टि भएको छ । यीबाहेक अन्य जिल्लामा संक्रमितको संख्या ५० भन्दा कम छ । मुस्ताङ, डोल्पा, हुम्ला र जुम्लाबाहेक सबै जिल्लामा डेंगी देखिएको ईडीसीडीले जनाएको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend