images

२०८३ आश्विन १८ गते

images
images
images
  • शिक्षा
  • खाँडाचक्र नगरपालिकाका शिक्षकले पाएनन् ६ महिनादेखि...

खाँडाचक्र नगरपालिकाका शिक्षकले पाएनन् ६ महिनादेखि तलब

खाँडाचक्र नगरपालिकाका शिक्षकले पाएनन् ६ महिनादेखि तलब

images
images
बिहिवार, चैत्र २१ २०८१
बिहिवार, चैत्र २१ २०८१
  • मान्म (कालीकोट)- कालीकोटको खाँडाचक्र नगरपालिकाका शिक्षक कर्मचारीहरूले छ महिनादेखि तलब पाएका छैनन् । नगरपालिका भित्रका ३९ सामुदायिक विद्यालयका शिक्षक कर्मचारीले तलब नपाएका हुन् । 

    images
    images

    चुलिमालिका मावि घोडेनाका प्रधानाध्यापक दीपबहादुर शाहीले छ महिनादेखि तलब सुविधा नपाएको बताए । “तलब नपाएका कारणले बाध्य भएर ज्ञापन पत्र बुझाएका छौँ”, उनले भने, “असोजदेखि तलब भत्ताका नाममा एक पैसा पाउन सकेका छैनौँ ।”

    तलब नपाउँदा आफ्नो दैनिक जनजीवन नै प्रभावित हुने गरेको शिक्षक पवित्राकुमारी शाहीको जानकारी दिए । “संसारमा काम गरेको घण्टाको हिसाबले तलब पाउँछन्,” उनले भने, “हामीले भने काम गरेको तलब पाउन पनि छ महिना कुर्नुपर्छ ।” शिक्षकहरूको हकमा भने पहिला–पहिला चार/चार महिनामा र अचेल तीन/तीन महिनामा तलब दिने गरिएकामा पनि नगरपालिकाले दोस्रो त्रैमासिक र तेस्रो त्रैमासिकको तलबभत्ता नदिएको शिक्षकहरूको भनाइ छ । नगरपालिकामा पहिल्यैदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा र नयाँ लेखापाल तालिममा गएका कारण नगरपालिकाको आर्थिक गतिविधि ठप्प रहेको नगर प्रमुख कमलबहादुर शाहीले बताए । उनले शिक्षकको हकमा आफू पनि चिन्ति

    images
    images

    त रहेको जनाउँदै शिक्षकको तलबभत्ता छिटो हाल्न कर्मचारीलाई निर्देशन दिइसकेको बताए। शिक्षकहरूको दोस्रो त्रैमासिक र तेस्रो त्रैमासिकको निकासा दिनका लागि आफूले लेखा शाखामा फाइल पुर्‍याएको तर भुक्तानी नगरेको शिक्षा शाखा प्रमुख बलराज शाहीले बताए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend