images

२०८३ आश्विन २८ गते

images
images
images
  • शेयर
  • २.८१ अंकले बढ्यो नेप्से,७ अर्ब ८४...

२.८१ अंकले बढ्यो नेप्से,७ अर्ब ८४ करोडको शेयर कारोबार

२.८१ अंकले बढ्यो नेप्से,७ अर्ब ८४ करोडको शेयर कारोबार

images
images
बिहिवार, चैत्र २१ २०८१
बिहिवार, चैत्र २१ २०८१
  • काठमाडौं ।  बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ । आज नेप्से २.८१ अंकले बढेर २७०२.८६ विन्दुमा पुगेको छ । आज नेप्से झिनो अंकले बढ्दा करिब ८ अर्ब रुपैयाँको कारोबार भएको छ । 

    images
    images

    आज दिनभरमा ७ अर्ब ८४ करोड ४६ लाख ४२ हजार रुपैयाँ बराबरको १ करोड ५५ लाख २ हजार ९९८ कित्ता शेयर कारोबार भएको छ । आज ९३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १५१ वटा कम्पनीको शेयर मूल्य घटेको छ । आज कुनै पनि कम्पनीको शेयर मूल्य भने स्थिर हरेको छैन । 

    आज दिनभरमा ३२४ वटा कम्पनीको शेयर ६९ हजार ८९ पटक किनबेच भएको छ ।आज १३ वटा समूहमध्ये ३ समूह बढेको छ भने बाँकी १० समूह घटेको छ । आज सबैभन्दा बढी अन्य समूह १.२९ प्रतिशतले बढेर २४६८.५७ विन्दुमा पुगेको छ ।  त्यस्तै वाणिज्य बैंक समूह १.१० प्रतिशतले बढेर १२७९.३४ विन्दुमा र निर्जीवन बीमा समूह ०.६४ प्रतिशतले बढेर १२ हजार ३४९.१५ विन्दुमा पुगेको छ । 

    images
    images

     आज सबैभन्दा बढी ट्रेडिङ समूह १.९६ प्रतिशतले घटेर ४७८१.७९ विन्दुमा पुगेको छ भने सबैभन्दा कम हाइड्रोपावर समूह ०.२६ अंकले घटेर ६४४२३.२३ विन्दुमा पुगेको छ ।  साथै, विकास बैंक समूह ०.२२ प्रतिशतले, फाइनान्स १.५७ प्रतिशतले, होटल तथा पर्यटन ०.१९ प्रतिशतले, लगानी ०.०५ प्रतिशतले, जीवन बीमा ०.७७ प्रतिशतले, उत्पादन तथा प्रशोधन ०.८७ प्रतिशतले, लघुवित्त ०.३७ प्रतिशतले र म्युचुअल फण्ड समूह ०.११ प्रतिशतले घटेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend