images

२०८३ आश्विन १७ गते

images
images
images
  • अटो
  • हुन्डाईको ‘यो नयाँ वर्ष, चुज...

हुन्डाईको ‘यो नयाँ वर्ष, चुज योर फ्युचर हुन्डाईसँग’ अफर सार्वजनिक, ईभीमा ६ लाखसम्म छुट

हुन्डाईको ‘यो नयाँ वर्ष, चुज योर फ्युचर हुन्डाईसँग’ अफर सार्वजनिक, ईभीमा ६ लाखसम्म छुट

images
images
बिहिवार, चैत्र २१ २०८१
बिहिवार, चैत्र २१ २०८१
  • काठमाडौं । हुन्डाई गाडीको नेपालस्थित आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘यो नयाँ वर्ष, चुज योर फ्युचर हुन्डाईसँग’ अफर सार्वजनिक गरेको छ ।नयाँ वर्ष २०८२ को अवसरमा सुरु गरिएको यस अफरबाट विशेषगरी विद्युतीय सवारी (ईभी) ग्राहकले लाभ लिनसक्ने कम्पनीले जनाएको छ ।

    images
    images

    हुन्डाईले हालै नेपाली बजारमा क्रेटा ईभी उपलब्ध गराएको छ । नयाँ अफरअन्तर्गत ईभी किन्न चाहने ग्राहकले रु. ६ लाखसम्म नगद छुट, एक वर्षको निःशुल्क बीमा, चालू आर्थिक वर्षको सडक कर छुट, स्वामित्व हस्तान्तरण र अन-द-स्पट भेहिकल भ्यालुयसन तथा एक्सचेन्ज सुविधा पाउने कम्पनीले जनाएको छ ।

    हुन्डाईका ईभी गाडीहरू ८ वर्षको हाइ-भोल्टेज ब्याट्री वारेन्टी र दुई वर्षको कम्पोनेन्ट वारेन्टीसहित आउँछन् । कम्पनीले इलेक्ट्रिक मोबिलिटीलाई प्रवर्द्धन गर्दै ग्राहकलाई सस्तो, भरपर्दो, र दिगो विकल्प दिन यो योजना अघि सारेको हो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend