images

२०८३ आश्विन १९ गते

images
images
images

प्रकाश सपूतको चलचित्र ‘वसन्त’लाई उच्च ‘शाे’

प्रकाश सपूतको चलचित्र ‘वसन्त’लाई उच्च ‘शाे’

images
images
बिहिवार, चैत्र २१ २०८१
बिहिवार, चैत्र २१ २०८१
  • काठमाडौं । चैत्र २२ देखि प्रदर्शनमा आउने लागेकाे चलचित्र ‘वसन्त’ले सबै भन्दा बढी ‘शाे’ पाएकाे छ। तीन अगावै अग्रिम टिकट बुकिङ खुला गरिएको चलचित्र वसन्तलाई मल्टिप्लेक्सदेखि सिंगल स्क्रिनसम्मले उच्च ‘शाे’ दिएका हुन्।देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले सिनेमाको ३ दिनअगावै अग्रिम टिकट बुकिङ खुला गर्दै काठमाडौँ उपत्यकामा मात्रै ३३ ‘शाे’ दिएको छ।

    images
    images

    बुधबारसम्म मोफसलमा इटहरीबाहेकका हलमा वसन्तलाई क्युएफएक्सले ३८ ‘शाे’ सहित देशभर ७१ ‘शाे’ उपलब्ध गराएको छ। साथै ‘वसन्त’लाई आईएनआई सिनेमाजले लोत्से मल, एनबी सेन्टर, क्युबक्स बुटवल र सिमरा बिजनेस सेन्टरको हलमा गरेर १६ ‘शाे’दिएको छ।१० ‘शाे’ भने वान सिनेमाजले आईप्लेक्स र कालीमाटी ट्रेड सेन्टरले दिएको छ। त्यस्तै ५ ‘शाे’ एफक्युबले , ५ ‘शाे’ बिग मुभिजले, ४ ‘शाे’बीएसआर सिनेमाजले दिएको छ।

    सिनेमाका सार्वजनिक प्रचार सामग्रीले दर्शकमाझ उच्च हाइप निर्माण गरेकाेले पनि थप हल शाे पाउने आशा निर्माण टिमले गरेकाे छ।सिनेमालाई अग्रिम टिकट बुकिङका क्रममा हलले उपलब्ध गराएको ‘शाे’ ट्रेन्ड हेर्दा सिनेमा शुक्रबार ४ सय हाराहारी ‘शाे’सहित प्रदर्शनमा आउने देखिन्छ।म्युजिक भिडियाेमार्फत निर्देशनमा आफ्नाे बेग्लै पहिचान बनाएका गायक अभिनेता प्रकाश सपुतले डेब्यु निर्देशन गरेको फिल्म हो। गलबन्दी प्रोडक्सनको प्रस्तुतिमा सोसल ड्रामा सिनेमाका कथा, पटकथा र संगीत पनि निर्देशक सपुतले नै तयार पारेका हुन् भने फिल्म सुसन प्रजापतिले खिचेका हुन्।

    images
    images

    गायक तथा निर्देशक सपुतको जन्मथलो बागलुङ, काठमाडौँ र तराईका विभिन्न ठाउँमा सिनेमाको छायांकन गरिएको वसन्तकाे निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र वीरेन्द्र नारायण श्रेष्ठ छन्।काठमाडौँ उपत्यकामा डीसीएन र मोफसलमा एफडी कम्पनीले वितरण गरेकाे सिनेमा वसन्त नेपाल र विदेशमा एक साथ रिलिज हुँदैछ।प्रकाशसहित स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहारीको अभिनय छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend