images

२०८३ आश्विन १९ गते

images
images
images

बागलुङको कालिका मन्दिरमा धार्मिक पर्यटक वृद्धि

बागलुङको कालिका मन्दिरमा धार्मिक पर्यटक वृद्धि

images
images
बुधवार, चैत्र २० २०८१
बुधवार, चैत्र २० २०८१
  • काठमाडौं । चैते दशैँ सुरु भएसँगै बागलुङको कालिका मन्दिरमा धार्मिक पर्यटक बढेको छ । आइतबारदेखि नवरात्र सुरु भएको छ । चैते दशैँसमेत भनिने यस पर्वमा दुर्गा भवानीको पूजा उपासना गरिन्छ । चैते दशैँमा बागलुङ कालिका मन्दिरमा भने विशेष पूजाआराधना हुने भएकाले टाढाटाढाबाट भक्तजन आउने गर्दछन् ।

    images
    images

    चैतको नवरात्रमा बागलुङ कालिकाको पूजाआराधना र बलि दिइँदा आँटेको पुग्ने जनविश्वास छ । गण्डकी प्रदेशको मुख्य शक्तिपीठका रूपमा मन्दिरमा अहिले भक्तजनको भीड लागेको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए ।चैते दशैँका अवसरमा चैत २० गतेदेखि मेलासमेत आयोजना गरिएको छ । भक्तजनको चापलाई मध्यनजर गरेर सवारी पार्किङ, सुरक्षालगायतको व्यवस्था मिलाइएको उनको भनाइ छ ।

    मेला आयोजनाका लागि ५५ लाख रुपैयाँ खर्चको अनुमान गरिएको छ ।  मन्दिरमा छिमेकी मुलुक भारतबाटसमेत धार्मिक पर्यटक आउने गरेका छन् । मन्दिरमा बोका, राँगो, कुखुरालगायतको बलि चढाइनुका साथै शान्तिको प्रतीक परेवा उडाउने गरिन्छ ।मेलामा स्थानीय कला संस्कृति झल्कने झाँकीसमेत प्रदर्शनको व्यवस्था मिलाइएको बताउँदै उनले स्थानीय सामग्री डोको, नाङ्लो ठेका, डालालगायतको व्यापारलाई स्टल निःशुल्क उपलब्ध गराइएको जानकारी दिए ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend