images

२०८३ आश्विन २८ गते

images
images
images

एनआईसी बैंकको एटिएमबाट कार्ड बिना नै इसेवा वालेटको रकम निकाल्न सकिने

एनआईसी बैंकको एटिएमबाट कार्ड बिना नै इसेवा वालेटको रकम निकाल्न सकिने

images
images
बुधवार, चैत्र २० २०८१
बुधवार, चैत्र २० २०८१
  • काठमाडौं ।  एनआईसी एशिया बैंकले डिजिटल बैंकिङ सेवा विस्तार गर्दै आफ्ना ग्राहक तथा इसेवा वालेट प्रयोगकर्ताका लागि एटिएम कार्ड बिना नै एटिएमबाट रकम निकाल्न मिल्ने सेवा सञ्चालनमा ल्याएको छ ।अब मुलुकभर फैलिएका ६७० वटा एनआईसी एशिया बैंकका एटिएमहरुमार्फत इसेवा वालेटमा रहेको रकम सहज रूपमा झिक्न सकिने भएको छ । यो सेवा डिजिटल कारोबारलाई अझ सरल र सहज बनाउने उद्देश्यका साथ सुरु गरिएको बैंकले जनाएको छ ।

    images
    images

    यस सेवाका लागि प्रयोगकर्ताले आफ्नो इसेवा एपमार्फत  ‘Withdraw Fund’ अप्सनमा गएर ‘NIC ASIA Bank’ चयन गर्नुपर्नेछ । त्यसपछि रु। १००० देखि रु। ५००० सम्मका पूर्वनिर्धारित विकल्पमध्ये रकम छनौट गरी रिमार्क राखेर अगाडि बढ्नुपर्छ । पिन नम्बर राखेपछि प्रयोगकर्ताको मोबाइलमा एक   ‘eToken Code’ प्राप्त हुनेछ ।

    उक्त कोड लिएर प्रयोगकर्ताले एनआईसी एशिया बैंकको एटिएममा गएर  ‘Cardless Withdrawal’ ’अप्सनमा प्रवेश गर्नुपर्नेछ । त्यहाँ  ‘eSewa’  विकल्प छान्दै मोबाइलमा प्राप्त ‘eToken Code’ राखेपछि प्रयोगकर्ताले आफूले तोकेको रकम प्राप्त गर्न सक्नेछन् ।

    images
    images

    यो सेवाले प्रयोगकर्तालाई दैनिक ५ पटकसम्म कारोबार गर्नको सुविधा दिएको छ, जसमा प्रति कारोबार रु। ५,००० सम्मको रकम निकाल्न सकिने छ। मासिक रुपमा ५० कारोबारसम्म र कुल २५,००० रुपैयाँसम्म रकम निकाल्न सकिने व्यवस्था रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend