images

२०८३ आश्विन १७ गते

images
images
images
  • कर्पोरेट
  • थाइल्यान्डको कृषि विश्वविद्यालय र नेपालको जनता...

थाइल्यान्डको कृषि विश्वविद्यालय र नेपालको जनता एग्रोबीच सहकार्य

थाइल्यान्डको कृषि विश्वविद्यालय र नेपालको जनता एग्रोबीच सहकार्य

images
images
बुधवार, चैत्र २० २०८१
बुधवार, चैत्र २० २०८१
  • थाइल्यान्ड ।थाइल्यान्डको कृषि विश्वविद्यालय कसेस्टार्ट र नेपालको जनता एग्रो एण्ड फरेष्ट्रीबीच सहकार्य हुने भएको छ । जनता एग्रो एण्ड फरेष्ट्री र कसेस्टार्ट विश्वविद्यालयबीच जनता एग्रोले नेपालमा गरिरहेको जैविक खेतीमा नवीनतम आधुनिक प्रविधिहरू, उन्नत जातका बिरुवाको हेरचाह गर्ने नव रणनीतिहरू, फसल काट्ने नयाँ नयाँ तरिका, उत्पादन तथा गुणस्तर वृद्धि गर्ने लगायतका क्षेत्रमा सहकार्य भएको हो ।

    images
    images

    सहकार्यमा एग्रोका तर्फबाट अध्यक्ष पवन गोल्यानले र विश्वविद्यालयका उपाध्यक्ष डा. कृत वोन–इनल बीच सहकार्य गर्ने सम्बन्धी हस्ताक्षर भएको छ । विश्वविद्यालयले नेपालका कृषकहरूलाई आधुनिक कृषि प्रक्रियामा दक्ष बनाउन, कृषि उत्पादनको गुणस्तर र बजार प्रतिस्पर्धामा वृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने छ । यस साझेदारीमा नियमित कार्यशालाहरू, खोज अध्ययनहरू, र तालिम कार्यक्रमहरू समावेश छन् । 

    सम्झौताअनुसार विश्वविद्यालयले कृषि खेती संरक्षणका नयाँ तरिकाहरू, माटो सुधारका उपायहरू, प्राकृतिक किरा व्यवस्थापनको लागि समाधानका उपाय र रोकथाम रणनीतिहरू बारे विभिन्न तालिम प्रदान गर्ने छ ।  उक्त सहकार्य नेपालको समग्र कृषि क्षेत्रमा आमूल परिवर्तन लागि महत्त्वपूर्ण शुरुआत भएको एग्रोका अध्यक्ष गोल्यानले बताएका छन् । ‘विश्वविद्यालयको मूल्यवान् विशेषज्ञता तथा दक्षताले हामीलाई हाम्रा कृषकहरूलाई कृषि उपकरणहरू उपलब्ध गराउनमा मद्दत गर्नेछ’, गोल्यानले हस्ताक्षरको क्रममा भनेका छन्, ‘जसले उत्पादनमा वृद्धि हुनुको साथै नेपालको कृषि क्षेत्रमा दीर्घकालीन परिवर्तन ल्याउनेछ ।’

    images
    images

    आफ्नो मिशन दिगो कृषि ज्ञानको विस्तार गर्नु भएको उपाध्यक्ष वोन–इनले बताएका छन् । ‘जनता एग्रो सँगको यो साझेदारी कृषि क्षेत्रको विकासमा नयाँ आयामको एक उत्तम कदम हो’, उनले भनेका छन्, ‘हाम्रो टोली नेपालमा जैविक कृषि क्षेत्रलाई पुनः रूपान्तरण गर्न प्रतिबद्ध छ ।’साथै, प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राबीच दुईपक्षीय भेटवार्तापछि दुई मुलुककाबीच आज बैंककको सरकारी भवनमा विभिन्न सम्झौता र सहमतिपत्रमा हस्ताक्षर तथा आदानप्रदान समेत भएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend