images

२०८३ आश्विन २८ गते

images
images
images
  • शेयर
  • नेप्से २५.३१ अंकले बढ्यो, ५ अर्ब...

नेप्से २५.३१ अंकले बढ्यो, ५ अर्ब ४४ करोडको शेयर कारोबार

नेप्से २५.३१ अंकले बढ्यो, ५ अर्ब ४४ करोडको शेयर कारोबार

images
images
बुधवार, चैत्र २० २०८१
बुधवार, चैत्र २० २०८१
  • काठमाडौं ।बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बढेको छ । मंगलबार घटेर बन्द भएको नेप्से आज भने पुन बढेको छ । आज एकै दिन नेप्से २५.३१ अंकले बढेको छ । आज नेप्से ०.९४ प्रतिशतले बढेर २७०१.४८ विन्दुमा पुगेको छ । आज दिनभरमा ५ अर्ब ४४ करोड ४४ लाख ३५ हजार रुपैयाँ बराबरको १ करोड ४ लाख ४२ हजार ६८३ कित्ता शेयर कारोबार भएको छ । 

    images
    images

    आज बजार अवधिभर १६६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ७८ वटा कम्पनीको शेयर मूल्य घटेको छ । आज कुनै पनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छैन । आज बजार अवधिभर ३१८ वटा कम्पनीको ५३ हजार ८८४ पटक किनबेच भएको छ ।

    आज १३ वटा समूहमध्ये ११ वटा समूह बढेको छ भने बाँकी २ वटा समूह घटेको छ । आज उत्पादन तथा प्रशोधन समूह १.४३ प्रतिशतले घटेर ७१०५.३९ विन्दुमा आएको छ । आज निर्जीवन बीमा समूह भने ०.२५ प्रतिशतले घटेर १२ हजार २७१.२४ विन्दुमा आएको छ । 

    images
    images

    आज सबैभन्दा बढी ट्रेडिङ समूह ९.४९ प्रतिशतले बढेर ४८८०.०१ विन्दुमा पुगेको छ । आज सबैभन्दा कम लघुवित्त समूह ०.१२ प्रतिशतले बढेको छ । 

    त्यस्तै, बैकिङ समूह ०.६१ प्रतिशतले,  विकास बैंक समूह ०.५१ प्रतिशतले, फाइनान्स ३.२६ प्रतिशतले, होटल तथा पर्यटन ०.२६ प्रतिशतले, हाइड्रोपावर ०.५४ प्रतिशतले, लगानी १.३९ प्रतिशतले, जीवन बीमा ०.५० प्रतिशतले, म्युचुअल फण्ड ०.६५ प्रतिशतले र अन्य समूह ०.१५ प्रतिशतले बढेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend