काठमाडौं । नेपालका लागि लिपमोटर गाडीको आधिकारिक एक मात्र आयातकर्ता सांग्रिला मोटर्स प्रालिले नयाँ लिपमोटर टी-०३ को डेलिभरी बुधबारबाट औपचारिक रूपमा सुरुवात भएको घोषणा गरेको छ ।अत्यधिक मात्रामा बुकिङ प्राप्त गरेसँगै लिपमोटर टी-०३ को मुलुकको विद्युतीय गतिशीलताको भविष्यलाई अघि बढाउँदै नेपाली सडकमा प्रवेश गर्न तयार छ । स्मार्ट प्रविधि, प्रभावशाली रेन्ज, र उचित मूल्यका साथ, टी-०३ ले शहरी इभी ड्राइभिङलाई नयाँ परिभाषा दिनेछ ।
२८.९९ लाखदेखि सुरू हुने लिपमोटर टी-०३ मा ३७.३ किलोवाट ब्याट्री रहेको छ, जसको डब्लुएलटीपी रेन्ज अर्बन साइकलमा ३९५ किमी छ । यसमा लेभल २ एडभान्स्ड लिप पाइलट ड्राइभर एक्टिभ सेफ्टी असिस्टेन्स प्रणाली पनि समावेश छ, जसले स्मार्ट र सुरक्षित ड्राइभिङको अनुभूति दिलाउने छ ।'यही आइतबारबाट पहिलो चरणको डेलिभरी सुरु भइसकेको छ । र, हामीले लिपमोटर टी-०३ प्रदान गर्न उत्साहित छौँ । यो इभी कम्प्याक्ट तर फिचरले भरिएको छ,' साङ्ग्रिला मोटर्सका प्रबन्ध निर्देशक हेमन्त गोल्छाले भने ।
साङ्ग्रिला मोटर्स प्रालि प्रतिष्ठित गोल्छा अर्गनाइजेसनको सदस्य हो । सांग्रिला २०१७ देखि प्यूजोको एक मात्र आधिकारिक आयातकर्ता र २०२१ देखि सिट्रोएनको आधिकारिक आयातकर्ता हो । सिटेन हालको लञ्च र अहिले लिपमोटर टी-०३ को लञ्चले कम्पनीको नेपालमा विश्वस्तरीय अटोमोटिभ ब्रान्ड ल्याउने प्रतिबद्धतालाई थप सुदृढ बनाएको कम्पनीको दाबी छ ।




.gif)





