images

२०८३ आश्विन १७ गते

images
images
images

एलआईसी नेपालको बोनसदर सार्वजनिक

एलआईसी नेपालको बोनसदर सार्वजनिक

images
images
बुधवार, चैत्र २० २०८१
बुधवार, चैत्र २० २०८१
  • काठमाडौं । एलआईसी नेपालले आर्थिक वर्ष २०८०\८१ को लागि नयाँ बोनस दरको घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको वित्तीय स्थितिको लेखाजोखा र दायित्व मूल्यांकन गर्नका लागि बीमांकले तयार गरेको बीमांकिय प्रतिवेदन बीमा प्राधिकरणले चैत १७ गते स्वीकृत गरेपछि उक्त बोनस दर निर्धारण गरिएको हो।

    images
    images

    एलआईसी नेपालले जारी गरेका विभिन्न बीमा योजनाहरूमा बोनस दरको घोषणा गर्दै, प्रतिहजार न्यूनतम ४१ रुपैयाँदेखि ६५ रुपैयाँसम्मको बोनस दिने भएको छ। यसमा जीवन बीमा, जीवन साथी, जीवन श्री योजनामा बीमालेखको अवधिका आधारमा न्यूनतम ५१ रुपैयाँदेखि अधिकतम ५३ रुपैयाँसम्म बोनस दिइनेछ।

    सावधिक बीमा योजनामा, बीमालेख अवधिका अनुसार न्यूनतम ५१ रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँसम्म बोनस दर तय गरिएको छ। जीवन आनन्द बीमा योजनामा ५० रुपैयाँदेखि ६० रुपैयाँसम्म बोनस दिइने छ।

    images
    images

    त्यस्तै, बाल सावधिक योजनामा ५१ रुपैयाँदेखि ६४ रुपैयाँसम्म, धन वृष्टि बीमा योजनामा न्यूनतम ५५ र अधिकतम ५७ रुपैयाँ, धन र्फिता बीमा योजनामा ५६ रुपैयाँदेखि ६० रुपैयाँसम्म र बाल ममता तथा बाल स्नेह बीमा योजनामा ५५ रुपैयाँदेखि ५७ रुपैयाँसम्म बोनसको घोषणा गरिएको छ।

    एलआईसी नेपालले जीवन तरंग र न्यू जीवन तरंग बीमा योजनामा ५० रुपैयाँदेखि ५५ रुपैयाँसम्म, जीवन बचत बीमा योजनामा ४१ रुपैयाँदेखि ६३ रुपैयाँसम्म बोनस दरको निर्धारण गरेको छ। जीवन लाभ बीमा योजनामा न्यूनतम ५१ रुपैयाँदेखि अधिकतम ५७ रुपैयाँसम्म बोनस दिइने जनाएको छ। साथै, बाल समृद्धि बीमा योजनामा ५५ र ५६ रुपै र लघु सावधिक बीमा योजनामा सबै बीमा अवधिमा ४१ रुपैयाँ प्रतिहजारका दरले बोनस दिने भएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend