images

२०८३ आश्विन १५ गते

images
images
images

टाइम फर्मास्युटिकल्स आईपीओ जारी गर्दै

टाइम फर्मास्युटिकल्स आईपीओ जारी गर्दै

images
images
बुधवार, चैत्र २० २०८१
बुधवार, चैत्र २० २०८१
  • काठमाडौं । टाइम फर्मास्युटिकल्स लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्ने प्रस्ताव सहित वैशाख ११ गते गैडाकोटस्थित कम्पनीको उद्योग परिसरमा विशेष साधारण सभा बोलाएको हो । 

    images
    images

    सभाले बुक बिल्डिङ्ग विधिबाट साधारण शेयर निष्कासन र कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ।

    त्यस्तै जारी पुँजीलाई ४२ करोड ९१ लाखबाट ४६ करोड बनाउने, जारी पुँजीमध्ये ७९.३४७८ प्रतिशत संस्थापक समूह ‘क’ लाई र २०.६५२१ प्रतिशत सर्वसाधारण सेयरधनी ‘ख’ लाई वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

    images
    images

    साथै, १ महिला सहित ५ जना संस्थापक, १ सर्वसाधारण र १ स्वतन्त्र गरी ७ जनाको सञ्चालक समिति बनाउने लगायतका प्रस्ताव पनि सभाका लागि तय गरिएका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend