images

२०८३ आश्विन १८ गते

images
images
images
  • शिक्षा
  • बुधबारबाट अनिश्चितकालीन सडक आन्दोलन गर्ने शिक्षक...

बुधबारबाट अनिश्चितकालीन सडक आन्दोलन गर्ने शिक्षक महासंघको घोषणा

बुधबारबाट अनिश्चितकालीन सडक आन्दोलन गर्ने शिक्षक महासंघको घोषणा

images
images
मंगलवार, चैत्र १९ २०८१
मंगलवार, चैत्र १९ २०८१
  • काठमाडौं । गत माघ २० गतेबाट आन्दोलनमा रहेको नेपाल शिक्षक महासंघले भोलि बुधबारबाट अनिश्चितकालीन शैक्षिक सडक आन्दोलन गर्ने भएको छ । महासंघले मंगलबार विज्ञप्ति जारी गरेर यसबारे जानकारी गराएको हो । महासंघले पहिलो चरणअन्तर्गत गत फागुन २४ काठमाडौंमा जुलुस र विरोधसभा गरेको थियो । त्यस्तैदोस्रो चरणमा फागुन २७ बाट चैत ५ सम्म विभिन्न राजनीतिक दलका केन्द्रीय कार्यालयमा धर्ना दिएको थियो । त्यस्तै, चैत ७ देखि १५ गतेसम्म शिक्षा तथा मानव स्रोत विकास केन्द्रको कार्यालय परिसरमा रिले अनशन सम्पन्न गरेको थियो । 

    images
    images

    दोस्रो चरणको अन्तिम र निर्णायक कार्यक्रमको रुपमा बुधबार (चैत २०)बाट काठमाडौं केन्द्रित सडक आन्दोलन गर्न लागेको महासंघका राष्ट्रिय समिति अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले विज्ञप्तिमार्फत जानकारी गराएका छन् । स्थायी राहत, साबिक उमावि, सिकाइ अनुदान, बालविकास कक्षा अस्थायी करार, प्राविधिक धार, विशेष शिक्षा तथा संस्थागत विद्यालयलगायत सबै प्रकृतिका शिक्षक तथा विद्यालय कर्मचारीका सबै समस्या समाधान गरी गुणस्तरीय विद्यालय शिक्षाको प्रबन्धका पक्षमा स्पष्ट मार्ग निर्माण गर्न सक्ने नयाँ विद्यालय शिक्षा ऐन जारी नभएसम्म यो आन्दोलन निरन्तर चलिरहने विज्ञप्तिमा जनाइएको छ ।

    “ने शि महासंघ र सरकारबीच विगतमा भएका सबै सहमति सम्बोधन हुने गरी गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउन राज्यपक्षलाई बाध्य पार्नु यस आन्दोलनको उद्देश्य हो,” विज्ञप्तिमा भनिएको छ, “यो उद्देश्यप्राप्तिका लागि हामीले गर्ने आन्दोलन शान्तिपूर्ण, अनुशासित र मर्यादित हुनेछ ।” आन्दोलन शिक्षक–कर्मचारीको पेसागत मागमुद्दा सम्बोधनसँग मात्र नजोडिएको उल्लेख गर्दै यसले गुणस्तरयुक्त विद्यालय शिक्षा तथा विद्यार्थीको हित र उन्नयनका पक्षमा समेत आवाज मुखरित गर्ने दाबी गरिएको छ । 

    images
    images

    महासंघले आन्दोलनप्रति ऐक्यबद्धता, सहयोग र समर्थन गर्न विद्यार्थी, अभिभावक विद्यालय व्यवस्थापन समिति तथा सबै शैक्षिक सरोकारवालाई अपिल गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend