images

२०८३ आश्विन १७ गते

images
images
images
  • कर्पोरेट
  • कृषि विश्वविद्यालय र उद्योग वाणिज्य संघ...

कृषि विश्वविद्यालय र उद्योग वाणिज्य संघ चितवनबीच सम्झौता

कृषि विश्वविद्यालय र उद्योग वाणिज्य संघ चितवनबीच सम्झौता

images
images
मंगलवार, चैत्र १९ २०८१
मंगलवार, चैत्र १९ २०८१
  • चितवन । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालय र उद्योग वाणिज्य संघ चितवनबीच दक्ष जनशक्ति उपलब्धता, उद्यमशीलता विकास, अनुसन्धान, बजारीकरणका विविध विषयमा सँगसँगै मिलेर जाने गरी सम्झौता भएको छ ।सम्झौतापत्रमा विश्वविद्यालय उपकुलपति प्रा.डा. शारदा थपलिया र उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले हस्ताक्षर गरे ।

    images
    images

    ५ वर्षका लागि गरिएको सम्झौतामा कृषि विश्वविद्यालयले उद्योग वाणिज्य संघ मार्फत माग भएका दक्ष जनशक्तिको उपलब्धता गराउने, विभिन्न कृषि तथा पशुजन्य उत्पादन हुने उद्योगहरूमा विद्यार्थीलाई इन्टर्नसिपका लागि सहजीकरण गराउने, विभिन्न तालिम सञ्चालन गर्ने, कृषि अनुसन्धानबाट प्राप्त उपलब्धि तथा नतिजालाई किसान समक्ष लैजान सहयोग गर्ने, कृषि उत्पादनको भ्यालु चेनमा सहयोग गर्ने लगायतका छन् ।

    कृषि विश्वविद्यालयले स्थापना गर्न लागेको व्यवसाय इन्क्युबेसन सेन्टरमा पनि उद्योग वाणिज्य संघ चितवनले सहयोग गर्नेछ ।सो सेन्टरमा नयाँ वा प्रारम्भिक चरणका व्यवसायलाई बढ्न र सफल हुन मद्दत गर्ने, खोल्नका लागि आवश्यक सहयोग र स्रोतहरूका बारेमा जानकारी दिने तथा परामर्श, प्रशिक्षण, कार्यस्थान र नेटवर्किङका काम हुनेछन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend