images

२०८३ आश्विन २८ गते

images
images
images
  • बैंक वित्त
  • राष्ट्र बैंकले औंल्यायो डिजिटल वित्तीय कारोबारका...

राष्ट्र बैंकले औंल्यायो डिजिटल वित्तीय कारोबारका लागि तीन तहको सुरक्षा

राष्ट्र बैंकले औंल्यायो डिजिटल वित्तीय कारोबारका लागि तीन तहको सुरक्षा

images
images
मंगलवार, चैत्र १९ २०८१
मंगलवार, चैत्र १९ २०८१
  •  काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय कारोबारमा प्रविधि दुरुपयोग हुँदा जोखिम बढेको भन्दै तीन तहको सुरक्षा आवश्यक रहेको जनाएको छ ।राष्ट्र बैंकले आधुनिक डिजिटल प्रविधिले वित्तीय सेवा सहज बनाए पनि प्रविधि दुरुपयोग हुँदा जोखिम बढेको भन्दै सुरक्षा आवश्यक रहेको उल्लेख गरेको हो ।

    images
    images

    प्रविधिको दुरुपयोगबाट बच्न केन्द्रीय बैंकले तीन तहको उच्च सुरक्षा आवश्यक रहेको जनाएको छ ।

    यी हुन् राष्ट्र बैंकले उल्लेख गरेका तीन तहका सुरक्षा तह :

    images
    images

    तपाईंलाई मात्र थाहा हुने

    यो तहले व्यक्ति आफूलाई मात्र थाहा हुने जानकारीलाई जनाउँछ । यसमा पासवर्ड, पिन नम्बर वा गोप्य प्रश्नको उत्तर समावेश हुन्छ । यस तहको सुरक्षा मुख्य रूपमा मानिसको ज्ञान र सम्झनामा भर पर्छ ।

    तपाईंसँग मात्र हुने

    यो तहमा त्यस्ता वस्तु पर्दछन्, जसको पहुँच व्यक्ति आफूसँग मात्र हुन्छ । जस्तै, मोबाइल फोन, बैंक कार्ड वा सुरक्षा टोकन । यी वस्तुले व्यक्तिको पहिचान प्रमाणित गर्न मद्दत गर्दछन् र वित्तीय कारोबारलाई सुरक्षा प्रदान गर्दछन् ।

    तपाईंको आफ्नै

    यसमा व्यक्तिको व्यक्तिगत बायोमेट्रिक विवरणहरू जस्तै औंठाछाप, अनुहार वा आँखाको स्क्यानिङ आदि पर्दछन् ।राष्ट्र बैंकले वित्तीय कारोबारका लागि प्रमाणीकरण विधि प्रयोग गर्न र व्यक्तिगत विवरण गोप्य राख्न आग्रह समेत गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend