images

२०८३ आश्विन १७ गते

images
images
images
  • अटो
  • नेपालका लागि एथरको नयाँ मोडल...

नेपालका लागि एथरको नयाँ मोडल ‘४५०एक्स’ र ‘४५०एस’ सार्वजनिक

नेपालका लागि एथरको नयाँ मोडल ‘४५०एक्स’ र ‘४५०एस’ सार्वजनिक

images
images
सोमवार, चैत्र १८ २०८१
सोमवार, चैत्र १८ २०८१
  • काठमाडौं । नेपालका लागि एथर इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक वैद्य इनर्जीले २०२५ मोडलका एथर ४५०एक्स र ४५०एस नेपाली बजारमा ल्याएको घोषणा गरेको छ। अत्याधुनिक प्रविधिसहित आएको यी स्मार्ट स्कुटरहरूलाई ‘बाइक अफ स्कुटर’ को उपनाम दिइएको छ। साथै, एथर रिज्टा इलेक्ट्रिक स्कुटरको बुकिङ पनि खुला गरिएको छ।

    images
    images

    कम्पनीका अनुसार २०२५ एथर ४५०एक्समा बहु–मोड ट्रयाक्सन कन्ट्रोल प्रणाली उपलब्ध छ, जसले स्कुटरलाई विभिन्न प्रकारका सडक सतहमा सुरक्षित र स्थिर बनाउँछ। रेन मोड, रोड मोड, र स्पोर्ट्स मोडजस्ता विशेष मोडहरूले प्रयोगकर्तालाई ट्राफिक र अफरोड दुवै अवस्थामा सहज अनुभव प्रदान गर्छन्।

    वैद्य इनर्जीका सीईओ सुर्यांश वैद्यले भने, ‘प्रिमियम मोटरसाइकलमा मात्र पाइने प्रविधिहरू अब स्मार्ट स्कुटरमा पनि उपलब्ध छन्।’स्कुटरको रेन्ज सुधार गर्न नयाँ टायर टेक्नोलोजी प्रयोग गरिएको छ। एथरले एमआरएफसँग सहकार्य गरेर मल्टी–कम्पाउन्ड टायर विकास गरेको छ, जसले ब्रेक लगाउँदा ऊर्जा क्षति कम गर्छ र ब्याट्री खपतलाई अनुकूल बनाउँछ।

    images
    images

    ३.७ किलोवाट आवर क्षमताको ब्याट्री भएको एथर ४५०एक्सको वास्तविक रेन्ज १३० किलोमिटर भएको कम्पनीको दाबी छ। आईडीसी अनुसार भने यसको रेन्ज १६१ किलोमिटर छ। त्यसैगरी २.९ किलोवाट आवर क्षमताको एथर ४५०एक्स र ४५०एसको वास्तविक रेन्ज १०५ किलोमिटर छ। आईडीसी अनुसार भने यसको रेन्ज क्रमशः १२६ र १२२ किलोमिटर छ।स्कुटरमा परिस्कृत सफ्टवेयर इन्जिन एथर स्ट्याक ६ प्रयोग गरिएको छ। यसमा गुगल म्याप्स, एलेक्सा भ्वाइस असिस्ट, ह्वाट्सएप, पिङ माई स्कुटर र लाइभ लोकेसनलगायतका सुविधा उपलब्ध छन्।

    नेपाली बजारमा २०२५ मोडलको एथर ४५० एसको मूल्य ३ लाख २४ हजार ९९९ तोकिएको छ। त्यसैगरी २.९ किलोवाट आवरको एथर ४५०एक्सको मूल्य ३ लाख ६४ हजार ९९९ र ३.७ किलोवाट आवरको एथर ४५०एक्सको मूल्य ३ लाख ९९ हजार ९९९ तोकिएको छ।कम्पनीले ८ वर्ष वा ८० हजार किलोमिटरको ब्याट्री वारेन्टी र ७० प्रतिशत ब्याट्री हेल्थ ग्यारेन्टी उपलब्ध गराउने बताएको छ।वैद्य इनर्जीले नेपालमा २०२३ देखि नै एथर इलेक्ट्रिक स्कुटर बिक्री–वितरण गरेर एथर एक्सपेरियन्स सेन्टर खोलेको थियो। हाल नेपालभर ६ एक्सपेरियन्स सेन्टर, १ टेस्ट राइड जोन, ५ सर्भिस सेन्टर र २१ एथर ग्रिड चार्जिङ स्टेसन रहेको बताइएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend