images

२०८३ आश्विन २८ गते

images
images
images
  • शेयर
  • गुहेश्वरी मर्चेन्ट बैंकिङ फाइनान्सले ऋणपत्र निष्कासन...

गुहेश्वरी मर्चेन्ट बैंकिङ फाइनान्सले ऋणपत्र निष्कासन गर्न माग्यो सेबोनसँग अनुमति

गुहेश्वरी मर्चेन्ट बैंकिङ फाइनान्सले ऋणपत्र निष्कासन गर्न माग्यो सेबोनसँग अनुमति

images
images
सोमवार, चैत्र १८ २०८१
सोमवार, चैत्र १८ २०८१
  • काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ फाइनान्सले ऋणपत्र जारी गर्न नेपाल धितोपत्र बोड (सेबोन) सँग अनुमति मागेको छ । कम्पनीले सेबोनसँग २६ करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न अनुमति माग्दै निवेदन पेस गरेको हो ।

    images
    images

    सेबोनले अनुमति दिए कम्पनीले ‘गुहेश्वरी डिबेन्चर–२०८९’ जारी गर्ने छ । जसबाट कम्पनीले १ हजार रुपैयाँ अंकित दरका कुल २ लाख ६० हजार इकाइ ऋणपत्र बिक्री गर्नेछ । जारी गर्ने इकाइमध्ये १ लाख ५६ हजार इकाइ ऋणपत्र व्यक्तिगततर्फ बिक्री गर्नेछ भने बाँकी १ लाख ४ हजार इकाइ सार्वजनिक निष्कासन गर्नेछ ।

    कम्पनीको यो ऋणपत्र ८ वर्षे अवधिको हो। जसबाट लगानी गर्नेहरूले वार्षिक ९ प्रतिशत ब्याज पाउनेछन्। ऋणपत्र बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend