images

२०८३ आश्विन १७ गते

images
images
images
  • अटो
  • रसुवागढी नाकाबाट भित्रिए चार हजार बढी...

रसुवागढी नाकाबाट भित्रिए चार हजार बढी चिनियाँ गाडी

रसुवागढी नाकाबाट भित्रिए चार हजार बढी चिनियाँ गाडी

images
images
सोमवार, चैत्र १८ २०८१
सोमवार, चैत्र १८ २०८१
  • काठमाडौं ।  उत्तरी नाका रसुवागढीबाट आर्थिक वर्ष २०८१/८२ को साउनदेखि फागुन मसान्तसम्म चार हजारभन्दा बढी चिनियाँ सवारी साधन नेपाल भित्रिएका छन्।रसुवा भन्सार कार्यालयका सूचना अधिकारी रवीन्द्र प्याकुरेलका अनुसार साउनदेखि फागुनसम्म आठ महिनामा चार हजार छ सय ३७ वटा साना–ठूला सवारी साधन भित्रिएका हुन्। आयातित सवारी साधनमा विशेषगरी विद्युतीय कार, भ्यान, माइक्रोबस तथा इन्धनबाट चल्ने गाडी छन्। सो नाकाबाट गत आव २०८०/८१ मा सात हजार तीन सय ७७ वटा सवारी साधन नेपाल भित्रिएको भन्सार कार्यालयले जनाएको छ।

    images
    images

    यसैबीच, रसुवागढी हुँदै नेपाल भित्रिएका तर नियमानुसार कानुनी प्रक्रिया पूरा गर्न बाँकी रहेका कैयौं सवारी साधन नाका नजिकैको टिमुरेस्थित खुला स्थानमा पार्किङ गरेर राखिएका छन्। भन्सार छुटाउन सवारी साधनका धनी नआएका कारण सरकारी सुरक्षा घेराभित्र सयौं सवारी साधन लामबद्ध गरी राखिएको टिमुरे प्रहरी कार्यालयले स्पष्ट गरेको छ।आयात गरिएका सवारी साधनसहित अन्य सामानको तोकिएको ढाँचामा रसुवागढीस्थित टिमुरे भन्सार कार्यालयलाई ‘घोषणापत्र’ नबुझाएसम्म कार्यालयमा अभिलेख नरहने सूचना अधिकारी प्याकुरेलले बताए। घोषणापत्रको अभावमा बरबुझारथ हुन नसक्दा सवारी साधनको विषयमा यकिन तथ्याङ्क बताउन नसकिने भन्सार कार्यालयको भनाइ छ।

    सवारी साधनका अतिरिक्त स्याउ, कालो अङ्गुर, ड्रागन फ्रुट, किवी, हलुवाबेद, खजुर, आँप, सुन्तलालगायत फलफूल, मसलाजन्य वस्तु, चकलेट, बिस्कुट, नुडल्स फुड, लत्ताकपडा, पेय पदार्थलगायत सामग्री चीनतर्फबाट आयात हुने गरेको भन्सार कार्यालयले स्पष्ट गरेको छ। गत साउनदेखि फागुनसम्म आठ महिनामा आयात–निर्यातबाट १९ अर्ब १४ करोड २० लाख रुपैयाँ राजस्व सङ्कलन भएको प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले जानकारी दिए। उनका अनुसार रसुवागढी भन्सार कार्यालयमा अहिले छ जना अधिकृतसहित ४३ कर्मचारी कार्यरत छन्।

    images
    images

    यसैबीच, टिमुरेस्थित भन्सार कर्मचारीहरूले पहराको फेदमा जोखिम मोलेर काम गर्ने कर्मचारीलाई आवासको व्यवस्था नभएको र तोकिएको समयभन्दा बढी अवधि कार्यालयमा काम गर्दा अतिरिक्त सेवा–सुविधाको व्यवस्था नभएको गुनासो गरेका छन्। रासस

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend