images

२०८३ आश्विन १७ गते

images
images
images
  • अटो
  • ट्रायम्फ बाइकको ‘एक्सचेन्ज एन्ड टेस्ट राइड...

ट्रायम्फ बाइकको ‘एक्सचेन्ज एन्ड टेस्ट राइड क्याम्प’ आयोजना

ट्रायम्फ बाइकको ‘एक्सचेन्ज एन्ड टेस्ट राइड क्याम्प’ आयोजना

images
images
सोमवार, चैत्र १८ २०८१
सोमवार, चैत्र १८ २०८१
  • काठमाडौं । नेपालका लागि ट्रायम्फ बाइकको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले ‘एक्सचेन्ज एन्ड टेस्ट राइड क्याम्प’ आयोजना गर्ने भएको छ ।

    images
    images

    नक्सालस्थित बाइकर्स क्याफेमा मंगलबारदेखि प्रारम्भ हुने सो क्याम्पमा पुराना कुनै पनि ब्रान्डका मोटरसाइकल वा स्कुटरसँग ट्रायम्फ मोटरसाइकल साट्न सकिने छ । सो इभेन्टको अवसरमा नयाँ मोटरसाइकल लिने ग्राहकले २० हजार रुपैयाँ मूल्य पर्ने एरो हेल्मेट प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

    साथै मोटरसाइकल किन्न आफ्नो नागरिकताकै भरमा हुलास फिनसर्भमार्फत सहज फाइनान्स सुविधा लिन सकिनेछ । यसका लागि ग्राहकले शुरुमा ५० प्रतिशत रकम डाउन पेमेन्टको रुपमा बुझाएपछि बाँकी रकम किस्ताबन्दीको रुपमा तिर्नसक्ने छन् ।

    images
    images

    पुरानो बाइक भएका ग्राहकको पुरानो बाइकमा बेस्ट भ्यालुएसन गरिने कम्पनीको भनाइ छ । क्याम्प अवधिभर ग्राहकले नेपाली बजारमा उपलब्ध ट्रायम्फ मोटरसाइकलका दुई मोडल स्पिड ४०० र स्क्र्याम्बलर ४००एक्स टेस्ट राइड गर्न सक्ने छन् । सो अवसरमा उनीहरुले फ्रि बेभरेज समेत प्राप्त गर्नेछन् ।सो क्याम्प आगामी शनिबारसम्म चल्ने छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend