images

२०८३ आश्विन १८ गते

images
images
images
  • शिक्षा
  • ७८ कर्मचारी स्थायी गर्दै गण्डकी विश्वविद्यालय,...

७८ कर्मचारी स्थायी गर्दै गण्डकी विश्वविद्यालय, प्रक्रिया रोक्न अदालतको आदेश

७८ कर्मचारी स्थायी गर्दै गण्डकी विश्वविद्यालय, प्रक्रिया रोक्न अदालतको आदेश

images
images
आइतवार, चैत्र १७ २०८१
आइतवार, चैत्र १७ २०८१
  • काठमाडौं । गण्डकी विश्वविद्यालयले त्यहाँ कार्यरत सबै कर्मचारीलाई स्थायी गर्ने तयारी गरेको छ । कर्मचारी स्थायी गर्नका लागि पत्रिकामा सूचना समेत जारी भैसकेको छ । एकै पटक ७८ प्राध्यापक तथा कर्मचारीहरू स्थायी गर्ने तयारी विश्वविद्यालयको छ ।

    images
    images

    विश्वविद्यालयले स्थायी गर्ने तयारी गरिरहँदा उच्च अदालत पोखराले भने तत्काल प्रक्रिया अघि नबढाउन अन्तरिम आदेश दिएको छ । अधिवक्ता मनोज घर्ती मगरले प्रतिस्पर्धा विना ठुलो संख्यामा कर्मचारी स्थायी गर्न नमिल्ने भन्दै शुक्रबार रिट दर्ता गरेका थिए ।

    विश्वविद्यालयको जनशक्ति व्यवस्थापन समितिले हालसम्म करारमा नियुक्त भएर कार्यरत शिक्षक कर्मचारीहरूलाई स्थायी नियुक्ति दिन लागेको हो । रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले पदपूर्तिको सबै काम यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।अर्को आदेश नभएसम्म विशेष आन्तरिक प्रतियोगिताद्वारा स्थायी पदपूर्ति सम्बन्धी कुनै पनि प्रक्रिया अगाडि नबढाउन भनेको छ । 

    images
    images
    1743331487-hN3ZL.jpg

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend