images

२०८३ आश्विन २८ गते

images
images
images
  • शेयर
  • ब्रोकर कम्पनी मर्जरका लागि धितोपत्र बोर्डद्वारा...

ब्रोकर कम्पनी मर्जरका लागि धितोपत्र बोर्डद्वारा नयाँ निर्देशिका जारी

ब्रोकर कम्पनी मर्जरका लागि धितोपत्र बोर्डद्वारा नयाँ निर्देशिका जारी

images
images
आइतवार, चैत्र १७ २०८१
आइतवार, चैत्र १७ २०८१
  • काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी गाभ्ने/गाभिने वा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०८१ जारी गरेको छ। 
    बोर्डले शुक्रवार आफ्नै वेबसाइट मार्फत उक्त निर्देशिका जारी गरेको हो।

    images
    images

    निर्देशिका जारी भएसँगै अब कुनैपनि ब्रोकर कम्पनी मर्जर वा प्राप्तिको लागि योग्य हुने छन्। निर्देशिका अनुसार कुनैपनि ब्रोकर कम्पनीले मर्जरमा जाने भए सबैभन्दा पहिले सैद्धान्तिक सहमतिको लागि संयुक्त रुपमा अनुसूची–१ बमोजिम निवेदन दिनु पर्नेछ।

    निवेदन दिए पश्चात् बोर्डले उक्त निवेदन उपर जाँचबुझ गर्ने छ। जाँचबुझ गर्दा सैद्धान्तिक सहमति प्रदान गर्न बोर्डले उपयुक्त हुने देखेमा १५ कार्य दिन भित्र त्यस्ता धितोपत्र व्यवसायीलाई गाभ्ने/गाभिने वा प्राप्ति गर्ने प्रक्रिया अगाडि बढाउन आवश्यक सर्त तोकी सैद्धान्तिक सहमति दिनेछ।

    images
    images

    सैद्धान्तिक सहमति प्रदान गर्न नसकिने देखिएमा त्यस्तो सैद्धान्तिक सहमति प्रदान नगर्ने भनी बोर्डबाट निर्णय भएको मितिले सात कार्य दिनभित्र सोको कारण समेत खुलाई निवेदकलाई जानकारी दिनेछ।

    धितोपत्र व्यवसायीले गाभ्ने/गाभिने वा प्राप्ति गर्ने कार्य प्रारम्भिक सम्झौता भएको छ महिनाभित्र सम्पन्न गरिसक्नु पर्ने निर्देशिकाले व्यवस्था गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend