images

२०८३ आश्विन १७ गते

images
images
images
  • अटो
  • ‘वाडा अटो शो’को अन्तिम दिन...

‘वाडा अटो शो’को अन्तिम दिन आज

‘वाडा अटो शो’को अन्तिम दिन आज

images
images
आइतवार, चैत्र १७ २०८१
आइतवार, चैत्र १७ २०८१
  • काठमाडौं । पोखरामा आयोजित ‘वाडा अटो शो’मा एलएस अटोका गाडी खरिदमा तीन लाख रुपैयाँसम्म छुट पाइने भएको छ।बिहीबारबाट सुरू भएको अटो शोमा एलईभी ०१ का गाडी खरिदमा तीन लाख रुपैयाँसम्मको छुट पाइने नेक्सन वेन्चरस् प्रालि अर्थात एलएस अटोको आधिकारिक वितरक कम्पनीका महाप्रबन्धक नवीन फुयाँलले जानकारी दिए।

    images
    images

    वाडा अटो शोको आज अन्तिम दिन हो।अटो शोमा कम्पनीले एलईभी ०१ मोडल प्रदर्शनीमा राखेको छ। नेक्सन भेन्चर्सले चिनियाँ कम्पनी एलएस अटोको एलईभी ०१ मोडल नेपालमा ल्याएको हो।

    एलईभी ०१ स्ट्यान्डर्ड र कम्फर्ट गरी दुई भेरियन्टमा भित्रिएको एलईभी ०१ मा ६७.१२ किलोवाट आवरको ब्याट्री प्याक छ। यी ईभीमा ९९ किलोवाटको फ्रन्ट ह्विल ड्राइभ मोटर छ। यो मोटरले ३०० न्यूटन मिटरको टर्क जेनेरेट गर्छ।

    images
    images

    एलईभी ०१ मा नेपालको बाटो सुहाउँदो २१० एमएमको ग्राउण्ड क्लियरेन्स छ। ब्याट्री प्रविधिमा एसभोल्टको ब्याट्री एनसीएम तथा ब्लेड ब्याट्रीभन्दा ८ प्रतिशतले बढी  रहेको कम्पनीको दाबी छ। जसले एक पटकको फुल चार्जमा ५०० किलोमिटरसम्मको रेन्ज दिन्छ।गाडीमा ९९ किलोवाटको मोटर रहेको कम्पनीले उल्लेख गरेको छ। स्ट्यान्डर्ड एडसन को मूल्य ६१ लाख ९५ हजार रहेको छ भने कम्फर्ट एडिसन को मूल्य ६९ लाख ९५ हजार रुपैयाँ रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend