images

२०८३ आश्विन १८ गते

images
images
images
  • शिक्षा
  • त्रिविका उपकुलपति बरालले दबाब झेल्न नसकेपछि...

त्रिविका उपकुलपति बरालले दबाब झेल्न नसकेपछि १३ महिनामै दिए राजीनामा

त्रिविका उपकुलपति बरालले दबाब झेल्न नसकेपछि १३ महिनामै दिए राजीनामा

images
images
आइतवार, चैत्र १७ २०८१
आइतवार, चैत्र १७ २०८१
  • काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नियुक्त भएको १३ महिनामै प्राडा केसरजंग बरालले राजीनामा दिए । त्रिवि स्रोतका अनुसार शुक्रबार उनले राजीनामा पत्र प्रधानमन्त्री कार्यालयमा पठाएका हुन ।

    images
    images

    गत २०८० फागुन १० मा तत्कालीन प्रधानमन्त्री एंव त्रिविका कुलपति पुष्पकमल दाहाल प्रचण्डले उनलाई उपकुलपतिमा नियुक्त गरेका थिए । प्रचण्डको जोडबलमा उपकुलपति बनेको भन्दै उनीमाथि सुरुदेखि नै प्रश्न उठेको थियो ।खुला प्रतिस्पर्धाबाट उपकुलपतिको नाम छनौट गर्दा बराल दोस्रो नम्बरमा थिए । तर, तत्कालीन प्रधानमन्त्री प्रचण्डको चाहनामा उनी उपकुलपतिमा नियुक्त भएका थिए ।

    उपकुलपतिको कार्यालय ४ वर्षको हो तर ए वर्षमै राजीनामा दिएर बराल पोखरा फर्किएका छन् । ‘गाडी, पीएसओ, ल्यापटप फिर्ता गरिसक्नु भएको छ । उहाँ चार दिनअघि नै पोखरा घर जानु भएको हो’, त्रिविका एक कर्मचारीले भने ।पोखरा जानुअघि उनले प्रचण्डलाई भेटेर आफूले राजीनामा दिने बताएका थिए । ‘प्रचण्डज्यूलाई भेटेर राजीनामा दिन्छु भन्नू भएको रहेछ । करार र आंशिक शिक्षकबाट दबाब आयो’, बरालले प्रचण्डलाई भनेका थिए ।

    images
    images

    माओवादी निकट नेपाल प्राध्यापक संगठनका एक पदाधिकारीका अनुसार प्रचण्डले राजीनामा नदिन र मिलाएर काम गर्न बराललाई भनेका थिए । तर, बरालले करार शिक्षक कर्मचारीलाई स्थायी र आंशिकलाई करार बनाएर कालो धब्बा नबोक्ने बताएका थिए । शनिबार प्रचण्डले प्राध्यापक संगठनको कार्यक्रममा पनि बरालले प्राध्यापक र कर्मचारीका कारण राजीनामा दिन बाध्य भएको बताएका थिए ।‘भीसीलाई कर्मचारी र प्राध्यापकबाट दबाब आयो । अदालतले मिल्दैन भनेको छ । राजीनामा दिन बाध्य बनाइयो’, प्रचण्डको भनाइ उद्धृत गर्दै प्राध्यापक संगठनका एक पदाधिकारीले भने ।

    करिब ४०० करार प्राध्यापक र कर्मचारीले स्थायी गर्न र एक हजार अंशिकले स्वतः करार गर्न दबाब दिएका हुन् ।विशेष आन्तरिक खुला प्रतियोगिताको आधारमा प्राध्यापक र कर्मचारीले स्थायी र करार बनाउन भनेका हुन् । तर, सर्वोच्च अदालतले त्यो व्यवस्था खारेज गरेपछि बराल दबाबमा परेका हुन् । ‘एक पटकलाई भन्ने तर पटक पटक गर्ने गरेपछि अदालतले विशेष आन्तरिक खुला प्रतियोगिता खारेज गर्दियो । अदालतको निर्णय मान्नै पर्‍यो । नमाने भीसीलाई नै अफ्ट्यारो पर्ने । यता प्राध्यापक र कर्मचारीले स्थायी र करार बनाउन दबाब दिने’,  त्रिविका एक कर्मचारीले भने, ‘काम गर्न अफ्ट्यारो भएपछि राजीनामा दिन बाध्य हुनु भएको हो ।’

    एक हप्ताअघिदेखि नै बराल राजीनामा दिने मनस्थितिमा थिए । उनले कानुनसँग पनि राय सुझाव लिएका थिए । ‘बराल सर टेन्सनमा देखिनु हुन्थ्यो । राजीनामा दिन्छु दिन्छु भनिरहनु भएको थियो। आफ्नो इमेज बिगार्नु भन्दा राजीनामा दिन उपयुक्त ठान्नु भयो’, भीसी कार्यालयका एक कर्मचारीले भने ।कर्मचारीले समस्यासँग लड्न सुझाव पनि दिएका थिए । तर बरालले बारम्बार कालो धब्बा नबोक्ने भनिरहे ।

    त्रिवि स्रोतका अनुसार उनले राजीनामाको कारण भने स्वास्थ्यलाई देखाएको बुझिएको छ । ‘कसैलाई दोष दिनुभएको छैन । आफ्नो स्वास्थ्यको कारण राजीनामा दिनु परेको उल्लेख गर्नुभएको छ’, भीसी कार्यालयका एक कर्मचारीले भने । परिवारले पनि राजीनामा दिन बराललाई सुझाएका थिए ।तर राजीनामा बारे बराल बोलेका छैनन् । उनी फोन अफ गरेर बसेका छन् । प्रधानमन्त्री केपी ओलीको सचिवालय भने बरालले दिएको राजीनामा आधिकारिकरुपमा कुलपति समक्ष नआइपुगेको बताएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend