images

२०८३ आश्विन २८ गते

images
images
images
  • शेयर
  • साल्ट ट्रेडिङ कर्पोरेशनले शेयरधनीहरूलाई १०% नगद...

साल्ट ट्रेडिङ कर्पोरेशनले शेयरधनीहरूलाई १०% नगद लाभांश दिने

साल्ट ट्रेडिङ कर्पोरेशनले शेयरधनीहरूलाई १०% नगद लाभांश दिने

images
images
शनिवार, चैत्र १६ २०८१
शनिवार, चैत्र १६ २०८१
  • काठमाडौंः साल्ट ट्रेडिङ कर्पोरेशनले शेयरधनीहरूलाई १० प्रतिशत नगद लाभांश दिने भएको छ । कर्पोरेशनले आर्थिक वर्ष २०८०।८१ म आर्जित १ अर्ब ४ करोड ९७ लाख रुपैयाँ नाफाबाट चुक्ता पुँजीको १० प्रतिशतका दरले नगद लाभांश प्रदान गर्ने भएको हो ।

    images
    images

    कर्पोरेशनको शुक्रबार सम्पन्न ५८औं वार्षिक साधारणसभाले यस्तो निर्णय गरेको हो ।

    सञ्चालक समितिका अध्यक्ष प्रदीपलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८०।८१ को वार्षिक प्रतिवेदन, वित्तीय अवस्थाको विवरण, नाफा–नोक्सानीको विवरण, नगद प्रवाह विवरणका साथै लेखा नीतिउपर छलफल गरी पारित गरेको छ।

    images
    images

    कर्पोरेशनको कारोबारको विवरण प्रस्तुत गर्दै अध्यक्ष श्रेष्ठले २०८०।८१ कारोबार समष्टिगतमा मूल्याङ्कन गरी व्यापारिक कारोबार सन्तोषजनक रहेको र वित्तीय क्षेत्रको लगानी पनि उपलब्धि मूलक रहेको बतार्ए । नुन, खाद्यवस्तु, रासायनिक मल तथा अन्य वस्तुको गरी १३ अर्ब ३५ करोड ३ लाख रुपैयाँ बराबरको कारोबार गरेको उनले बताए ।

    कर्पोरेशनले सुनकोशी नदी लगायतमा आएको भीषण बाढीले गरेको जनधनको क्ष्तिमा सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा कर्पोरेशन र कर्मचारीहरूका तर्फबाट ६० लाख रुपैयाँ उपलब्ध गराएको थियो ।

    कर्पोरेशनले नेपाल सरकारको निर्देशन पालना गरी खास वस्तुहरूमा लागत मूल्य भन्दा कम मूल्यमा सामान बिक्री गरी सामाजिक उत्तरदायित्व समेत वहन गरेको श्रेष्ठले जानकारी गराए ।

    कर्पोरेशनले सरकारबाट प्राप्त अनुदानमा आवश्यक मात्रमा रासायनिक मल बिक्री गर्नुका साथै रासायनिक मलको अभावलाई न्यूनीकरण गर्न गैर–अनुदानित रासायनिक मल एमुनियक सल्फेट र सिङ्गल सुपर फस्फेट मल कृषकहरूलाई उपलब्ध गराउँदै आएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend