images

२०८३ आश्विन १७ गते

images
images
images
  • कर्पोरेट
  • हिमालयन र क्रिस्टलमा एसबिआईका ग्राहकलाई विशेष...

हिमालयन र क्रिस्टलमा एसबिआईका ग्राहकलाई विशेष छुट

हिमालयन र क्रिस्टलमा एसबिआईका ग्राहकलाई विशेष छुट

images
images
शुक्रवार, चैत्र १५ २०८१
शुक्रवार, चैत्र १५ २०८१
  • काठमाडौं । नेपाल एसबिआई बैंकका ग्राहकलाई दुसित थानी हिमालयन रिसोर्ट र होटल क्रिस्टलमा विशेष छुट दिन लागिएको छ । बैंकका डेबिट कार्डवाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले उक्त छुट प्राप्त गर्ने बताइएको छ ।बैंकका अनुसार काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको हिमालयन रिसोर्टमा खाद्य, पेय पदार्थ तथा अन्य सेवामा १५ प्रतिशतसम्म छुट पाइने छ । 

    images
    images

    यस्तै, काठमाडौंको पशुपतिस्थित होटल क्रिस्टलमा २० प्रतिशतसम्म छुट दिइन्छ । बैंकले दुवै होटलसँग गरेको सम्झौतामा उक्त व्यवस्था छ । 

    आधुनिक बैंकिङ्ग प्रणालीमा आफ्ना ग्राहकको पहुँच बढाउन र उनीहरुलाई सहुलियत प्रदान गर्न एसबिआई बैंकले यस्ता सम्झौता गर्दै आइरहेको जनाएको छ । 

    images
    images

    तीन दशकदेखि बैंकिङ्ग सेवा प्रदान गर्दै आएको यो बैंकले देशभर आफ्ना एक सय शाखा, २२ एक्स्टेन्सन काउन्टर, २० शाखारहित बैंकिङ्ग, सात प्रादेशिक कार्यालय, एक सय २५ एटिएम र एक कर्पोरेट कार्यालयमार्फत सेवा प्रवाह गरिरहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend