images

२०८३ आश्विन २९ गते

images
images
images

ग्लोबल आइएमई बैंक र आईएफसीबीच साझेदारी

ग्लोबल आइएमई बैंक र आईएफसीबीच साझेदारी

images
images
शुक्रवार, चैत्र १५ २०८१
शुक्रवार, चैत्र १५ २०८१
  • काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)बीच डिजिटल वित्तीय सेवा तथा एम्बेडेड फाइनान्स मोडलहरू अगाडि बढाउन एड्भाइजरी सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ।

    images
    images

    सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र आईएफसीको तर्फबाट एफआईजी, एशिया र प्यासिफिक रिजनल इन्ड्रस्टी डाइरेक्टर एलेन फोर्लेमुले हस्ताक्षर गरेका छन्।

    सम्झौता अनुसार विश्व बैंक समूह अन्तर्गत रहेको आईएफसीले ग्लोबल आइएमई बैंकको डिजिटल रूपान्तरण तथा डेटा म्याचुरिटी मूल्यांकन गर्ने, सुधार गर्न आवश्यक क्षेत्र पहिचान गर्ने र ब्यांकको डिजिटल ब्यांकिङ क्षमता अभिवृद्धि गर्न रणनीतिक सुझाव प्रदान गर्नेछ।

    images
    images

    यससँगै आईएफसीले एम्बेडेड फाइनान्स मोडेल प्रवर्द्धन गर्न फिनटेकको सम्भाव्यता अध्ययन गरी ग्लोबल आइएमई ब्यांकलाई सल्लाह प्रदान गर्ने जनाइएको छ। यस समझदारी पश्चात् ब्यांकमा उपलब्ध विभिन्न सेवा तथा सुविधालाई रूपान्तरण गरी नवीन र प्रविधिमैत्री बनाउन सहज हुने ब्यांकको विश्वास छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend