images

२०८३ आश्विन २४ गते

images
images
images
  • बजार
  • फेरि बढ्यो डण्डीको मूल्य, प्रतिकिलो कति...

फेरि बढ्यो डण्डीको मूल्य, प्रतिकिलो कति पुग्यो?

फेरि बढ्यो डण्डीको मूल्य, प्रतिकिलो कति पुग्यो?

images
images
बिहिवार, चैत्र १४ २०८१
बिहिवार, चैत्र १४ २०८१
  • काठमाडौं । बजारमा फेरि डण्डीको मूल्य बढेको छ।व्यवसायीले गत मंगलबारदेखि डण्डीको मूल्य बढाएको नेल निर्माण सामग्री व्यापार संघ, काठमाडौंका सल्लाहकार अनसन साखःले जानकारी दिए।

    images
    images

    'डण्डीको मूल्य बढ्न थालेको दुई/तीन दिन भयो,' उनले भने, 'प्रतिकिलो ६ रूपैयाँका दर बढाइएको छ।'उनका अनुसार लोडसेडिङको कारण देखाउँदै डण्डी उत्पादकहरूले मूल्य बढाएका हुन्।

    अहिले गोदाममा पुरानो सामान भएकाले पुरानै मूल्य कायम गरिएको छ। नयाँ सामान आएपछि भने नयाँ मूल्य कायम हुनेछ। अहिले बजारमा उपभोक्ताले डण्डी प्रतिकिलो एक सय पाँचदेखि एक सय ६ रूपैयाँमा पाइरहेका छन्। नयाँ सामान आएपछि भने प्रतिकिलो एक सय १२ देखि एक सय १३ सम्म पुग्ने अनुमान गरिएको छ।

    images
    images

    संघका अनुसार पछिल्लो समय अम्बे, लक्ष्मी, श्री, सर्वोत्तम, समृद्धि, जगदम्बा लगायतका डण्डी उत्पादकहरूले मूल्य बढाएका छन्।उद्योगी व्यवसायी भने लागत बढेका काराण डण्डीको मूल्य बढेको बताउँछन्। कच्चा पदार्थको मूल्य वृद्धि, डलरको महँगिएको र लोडसेडिङका कारण डण्डीको लागत बढ्दै गएको छ। 

    अम्बे स्टिलका सञ्चालक सुभारक न्यौपानेका अनुसार लोडसेडिङको कारण मात्रै प्रतिकिलो डण्डीको लागत नौ रूपैयाँ ५० पैसा बढेको छ।त्यस्तै, कच्चा पदार्थको मूल्य बढेका कारण चार रूपैयाँ ५० पैसा र डलर महँगिदा तीन रूपैयाँ ५० पैसाले लागत बढेको बताइएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend