images

२०८३ आश्विन १७ गते

images
images
images
  • अटो
  • ‘वाडा अटो शो २०२५’ का लागि...

‘वाडा अटो शो २०२५’ का लागि बराल ग्रुपले ल्यायो आकर्षक अफरहरू

‘वाडा अटो शो २०२५’ का लागि बराल ग्रुपले ल्यायो आकर्षक अफरहरू

images
images
बिहिवार, चैत्र १४ २०८१
बिहिवार, चैत्र १४ २०८१
  • काठमाडौं । बराल ग्रुपले नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा)द्वारा यही १४ देखि १८ चैतसम्म आयोजना हुन गइरहेको ‘वाडा अटो शो २०२५’ का लागि आकर्षक अफरहरूको घोषणा गरेको छ ।बराल ग्रुपअन्तर्गत सञ्चालनमा रहेका एलिट मोटर्स प्रालि र एसएसएल मोटर्स कम्पनी प्रालिले ‘वाडा अटो शो २०२५’ का लागि आकर्षक अफरहरू सार्वजनिक गरेका हुन् ।

    images
    images

    एलिट मोटर्स प्रालि निसान, ओमोडा एन्ड जेइको र जिकरका लागि लागि आधिकारिक डिलर हो भने एसएसएल मोटर्स कम्पनी प्रालि लिपमोटर र सिट्रनका लागि आधिकारिक डिलर हो ।‘वाडा अटो शो २०२५’मा नेपालको अटोमोबाइल बजारका चर्चित कम्पनीहरू शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनलगायतको सहकार्य र सहभागिता रहेको छ ।अत्याधुनिक अटोमोटिभ ब्रान्ड र विशेष अफरहरूको भव्य प्रदर्शनीको रूपमा रहेको ‘वाडा अटो शो २०२५’, पोखराको अमरसिंह मैदानमा यही १४ देखि १८ चैतसम्म आयोजना हुँदै छ ।

    अटो प्रदर्शनीमा एलिट मोटर्सले विभिन्न प्रिमियम अटोमोटिभ ब्रान्डहरू प्रस्तुत गर्दै छ, जहाँ सहभागी तथा दर्शकहरूले अत्याधुनिक गाडी अनुभव गर्नुका साथै सीमित समयका लागि विशेष अफरहरूको लाभ पनि लिन सक्नेछन् । प्रदर्शनीमा शारडा ग्रुपअन्तर्गत ओमोडा एन्ड जेइको, निसान र जिकर ब्रान्डहरू स्टल नम्बर ‘ए-सिक्स’ र ‘ए-सेभेन’मा प्रस्तुत गरिनेछ । यस्तै, गोल्छा ग्रुपले स्टल नम्बर ‘ए-टु’ मा ‘लिपमोटर’ र ‘सिट्रन’ ब्रान्डका गाडीहरू प्रदर्शन गर्नेछ ।

    images
    images

    कम्पनीका अनुसार ओमोडा एन्ड जेइकोको स्टलमा विशेष वार्षिकोत्सव (एनिभर्सरी) लाभहरूसहित ‘वन इयर अफ इन्नोभेसन’ को उत्सव (ब्रान्डको नेपालमा पहिलो वार्षिकोत्सव) मनाइनेछ । सीमित अवधिका लागि ग्राहकहरूले नयाँ ओमोडा एन्ड जेइको गाडी ५५ लाख ९९ हजार रुपैयाँको सुरुवाती मूल्यबाट बुकिङ तथा खरिद गर्न सक्नेछन्, जसमा ५ लाख १५ हजार रुपैयाँबराबरको लाभ समावेश हुनेछ । यी लाभहरूमा नगद छुट, आकर्षक एक्सचेन्ज बोनस, एक वर्षको निःशुल्क बीमा, साथै ब्याट्री र मोटरमा ८ वर्ष (वा १ लाख ६० हजार किलोमिटर)को उत्कृष्ट वारेन्टी समावेश छन् । त्यसैगरी, ग्राहकहरूले निःशुल्क ७ किलोवाट वाल चार्जर र एक वर्षको निःशुल्क सडक कर पनि प्राप्त गर्नेछन् ।

    जिकरले पनि ग्राहकहरूका लागि विशेष अफरहरू ल्याएको छ, जसअन्तर्गत नगद छुट, एक्सचेन्ज बोनस, निःशुल्क ७ किलोवाटको चार्जर र चालु आर्थिक वर्षका लागि निःशुल्क सडक कर समावेश छन् । साथै, निसान म्याग्नाइटको नयाँ फेसलिफ्ट संस्करण सुरुवाती मूल्य ३४ लाख ७५ हजारसहित प्रदर्शनमा राखिएको छ । यसमा २६ हजार ३ सय २० रुपैयाँको मासिक किस्तासहित आकर्षक फाइनान्सिङ सुविधाहरूसमेत समेटिएको छ ।त्यसैगरी ग्राहकहरूले एक वर्षको विस्तृत बीमा, चालु आर्थिक वर्षका लागि निःशुल्क सडक कर र तीन वर्षसम्म निःशुल्क सर्भिसिङ तथा वारेन्टीको सुविधा प्राप्त गर्नेछन् ।

    त्यसैगरी, लिपमोटरले ‘वाडामा नाडा अफर’ घोषणा गरेको छ, जसअन्तर्गत लिपमोटर ‘सि-टेन’  ६७ लाख ९९ हजार रुपैयाँको विशेष मूल्यमा बुक गर्न सकिनेछ । वाडा विशेष अफरहरूमा २० प्रतिशत डाउन पेमेन्ट, निःशुल्क ७ किलोवाटको चार्जर, निःशुल्क सडक कर आदि छन् भने अटो शोमा स्टल नम्बर ‘ए-टु’ भ्रमण गर्ने ग्राहकहरूले लिपमोटरको तर्फबाट आकर्षक गिफ्ट ह्याम्परहरूपनि प्राप्त गर्नेछन् ।एलिट मोटर्स र एसएसएल मोटर्स दुवैले ग्राहकहरूको अटोमोटिभ तथा ड्राइभिङ अनुभवलाई अझ सहज, किफायती र उत्साहजनक बनाउन निरन्तर प्रयास गर्दै आइरहेको छ । वाडा अटो शोमा गरेको सहभागिताले कम्पनीको ‘विश्वस्तरीय अटोमोटिभ ब्रान्डहरू र सेवाहरू ग्राहकहरूमाझ सहज रूपमा उपलब्ध गराउने’ प्रतिबद्धतालाई झल्काउँछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend