काठमाडौं । नेपाली पिउने पानी उद्योगमा नयाँ आयाम थप्ने लक्ष्यसहित स्थापित वृजहिमालयन स्प्रिङ प्राइभेट लिमिटेडले नेपालको अग्रणी मर्चेन्ट बैंक एनएमबी क्यापिटल लिमिटेडसँग संस्थागत परामर्श सहकार्य गर्ने सम्झौता गरेको छ।
यस सहकार्यमार्फत वृजहिमालयन स्प्रिङले आफ्नो ब्रान्ड विस्तार, वित्तीय सुदृढीकरण, तथा दीर्घकालीन व्यावसायिक वृद्धि सुनिश्चित गर्ने लक्ष्य राखेको छ। एनएमबी क्यापिटलले पूँजी पुनः संरचना, वित्तीय व्यवस्थापन तथा रणनीतिक साझेदार खोजी जस्ता परामर्श सेवामार्फत कम्पनीलाई थप सशक्त बनाउन सहयोग गर्नेछ।
“एनएमबी क्यापिटललाई वित्तीय साझेदारका रूपमा पाउँदा हामी उत्साहित छौँ। यो सहकार्यले व्यावसायिक वृद्धिलाई तीव्र गति दिनेछ।” – सत्यम केडिया, प्रबन्ध निर्देशक, वृजहिमालयन स्प्रिङ।एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दिपेश कुमार वैद्यले पनि सहकार्य प्रति उत्साह व्यक्त गर्दै भने, “उत्पादन क्षेत्रमा नयाँ उद्यमहरूलाई सहयोग गर्ने हाम्रो लक्ष्य अनुसार वृजहिमालयन स्प्रिङसँगको सहकार्य महत्त्वपूर्ण छ।”
केडिया अर्गनाइजेसन अन्तर्गत सञ्चालनमा आएको वृजहिमालयन स्प्रिङले “पूर्ण” ब्रान्ड अन्तर्गत १ लिटर, ५०० मि.लि., २५० मि.लि. बोतल तथा २० लिटरको जारमा पानी उत्पादन गर्दै आएको छ। यो सहकार्यले कम्पनीलाई नेपाली पिउने पानी बजारमा मजबुत ब्रान्डका रूपमा स्थापित गर्न थप टेवा पुग्ने विश्वास गरिएको छ।




.gif)





