images

२०८३ आश्विन १७ गते

images
images
images
  • अटो
  • नामी ईभी अब ५ लाख ९९...

नामी ईभी अब ५ लाख ९९ हजार डाउन पेमेन्टमा

नामी ईभी अब ५ लाख ९९ हजार डाउन पेमेन्टमा

images
images
बिहिवार, चैत्र १४ २०८१
बिहिवार, चैत्र १४ २०८१
  • काठमाडौं । नेपालका लागि डोङफेङ नामीको आधिकारिक वितरक एमएडब्लु वृद्धीले एक विशेष फाइनान्सिङ अफरका साथ ईभी खरिदलाई थप पहुँचयोग्य बनाउँदैछ। ईभीको माग बढेसँगै नामीले ग्राहकहरूलाई थप सुविधा र सहज सवारी साधन खरिद अनुभव प्रदान गर्नका लागि फाइनान्सिङको सजिलो विकल्प प्रदान गरेको हो।

    images
    images

    यो पेमेन्ट स्कीमबाट ग्राहकहरूले अब मात्र २० प्रतिशत डाउन पेमेन्ट गरि डोङफेङ नामीका ईभीहरू किन्न सक्नेछन्। नामी ईभी मोडेलहरूको लागि डाउन पेमेन्ट मूल्य ५ लाख ९९ हजार रुपैयाँमा तय गरिएको छ। यसले ग्राहकहरूलाई कुनै पनि क्यापिटल अपफ्रन्ट बिना पूर्ण रूपमा प्रिमियम गुणस्तरको ईभी खरिद गर्न सहज बनाउने छ जसले गर्दा अब यो ईभी ठूलो सङ्ख्याका ग्राहकहरूले सजिलै किन्न सक्नेगरि उपलब्ध हुनेछ।

    सरल र सजिलो खरिद प्रक्रिया पूरा गर्न नामीले ८० प्रतिशत सम्म फाइनान्सिङ गर्दछ जसले गर्दा ग्राहकहरूले विश्वसनीय फाइनान्सियल पार्टनरहरू मार्फत आफ्नो गाडीको लागतको ठूलो हिस्सा फाइनान्सिङ गर्न सक्नेछन्। यसले ग्राहकहरूलाई समयसँगै आफ्ना पेमेन्टहरू फैलाउन मद्दत गर्दछ। योसँगै, ४८ घण्टामा लोन अप्रुभल गरिन्छ जसले गर्दा खरिद अनुभव अझ आनन्द र सजिलो हुन्छ।ग्राहकहरूले नजिकैको नामी शोरूम भिजिट गरेर फाइनान्सिङको यस अवसरको बारेमा थप जानकारी लिनसक्ने कम्पनीले जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend