images

२०८३ आश्विन १७ गते

images
images
images

नेपाल नेत्रज्योति संघमार्फत २०२४ मा ९ लाख ७ हजार विदेशीले गराए आँखा उपचार

नेपाल नेत्रज्योति संघमार्फत २०२४ मा ९ लाख ७ हजार विदेशीले गराए आँखा उपचार

images
images
बुधवार, चैत्र १३ २०८१
बुधवार, चैत्र १३ २०८१
  • काठमाडौं । नेपाल नेत्रज्योति संघले आफ्नो सञ्जालमार्फत एक वर्षमा ३४ हजार भन्दा बढी आँखाका बिरामीको निःशुल्क शल्यक्रिया गरेको छ। वर्ष २०२४ मा ३४ हजार ४२५ जनाको आँखा निःशुल्क शल्यक्रिया गरिएको संघका कार्यकारी निर्देशक डा. शैलेश कुमार मिश्रले जानकारी दिए ।नेत्रज्योति संघ अन्तर्गत देशभरका २८ आँखा अस्पताल, २२४ आँखा उपचार केन्द्रमा र अन्य विभिन्न कार्यक्रम मार्फत नि:शुल्क शल्यक्रिया भएको उनले बताए ।

    images
    images

    कार्यकारी निर्देशक डा. मिश्रका अनुसार संघले अस्पतालहरूको आन्तरिक श्रोतबाट र विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय विकास साझेदार संस्थाहरूको सहयोगमा निःशुल्क शल्यक्रिया गरेको हो।संघको सञ्जालमार्फत सन् २०२४ मा ३२ लाख ६८ हजार ३४ जना आँखाका बिरामीहरूको आँखा परीक्षण भएको र २ लाख ५८ हजार ५७५ जनाको शल्यक्रिया गरिएको मिश्रले जानकारी दिए।

    नेपाल नेत्रज्योति संघका महासचिव भरतबहादुर चन्दका अनुसार संघ अन्तर्गतका अस्पतालमा भारत, बंगलादेश, भुटान लगायतका मुलुकबाट समेत आँखा उपचारका लागि आउने गरेका छन् । सन् २०२४ मा संघको सञ्जालमार्फत ९ लाख ७ हजार ७१ जना विदेशी नागरिकको आँखा परीक्षण गरिएको छ । यसमा १ लाख ६२ हजार ८४५ जना बिरामीहरूको शल्यक्रिया गरिएको महासचिव चन्दले जानकारी दिए ।वि.सं. २०३५ साल चैत्र १३ गते गैरसरकारी संस्थाका रुपमा स्थापित संघले आफ्नो स्थापनाको ४६ वर्ष पार गरी ४७ वर्षमा प्रवेश गरेको छ ।

    images
    images

    स्थापना कालदेखि सन् २०२४ को अन्तिमसम्ममा संघको सञ्जालमार्फत नेपाली नागरिक तथा अन्य देशका नागरिक गरी कुल ४ करोड ६८ लाख ६८ हजार ६० जना आँखाका बिरामीहरुलाई आँखा उपचार सेवा दिएको संघका महासचिव चन्दले जानकारी दिए । यो समयमा ५३ लाख ९२ हजार २२४ जनाको आँखाको शल्यक्रिया भएको उनले बताए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend