images

२०८३ आश्विन १८ गते

images
images
images
  • शिक्षा
  • नेपालबाट साइप्रसका यी सात विश्वविद्यालयमा मात्र...

नेपालबाट साइप्रसका यी सात विश्वविद्यालयमा मात्र पढ्न जान पाइने

नेपालबाट साइप्रसका यी सात विश्वविद्यालयमा मात्र पढ्न जान पाइने

images
images
मंगलवार, चैत्र १२ २०८१
मंगलवार, चैत्र १२ २०८१
  • काठमाडौं । सरकारले अब साइप्रसका सात विश्वविद्यालयमा मात्र पढ्न जान अनुमति दिने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ती सात विश्वविद्यालयका निम्ति मात्र वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) जारी गर्ने जनाएको छ ।

    images
    images

    साइप्रसका अरू कुनै विश्वविद्यालय शैक्षिकस्तर मापदण्ड र वातावरणका हिसाबले उपयुक्त नभएको भन्दै परराष्ट्र मन्त्रालयले पत्राचार गरेको शिक्षाले जनाएको छ ।

    आर्थिक वर्ष २०८०/०८१ मा ९८ र ०८१ साउनदेखि असोज अन्तिमसम्म ११२ विद्यार्थीले साइप्रस जान एनओसी लिएका मन्त्रालयको तथ्यांक छ ।

    images
    images

    यी हुन् एनओसी दिइने सात विश्वविद्यालय– 
    १. फ्रेड्रिक युनिभर्सिटी 
    २. युरोपियन युनिभर्सिटी अफ साइप्रस 
    ३. युनिभर्सिटी अफ निकोसिया
    ४. यसुनिभर्सिटी अफ सेन्ट्रल ल्यान्क्यास्हायर 
    ५. युनिभर्सिटी अफ साइप्रस
    ६.ओपन युनिभर्सिटी अफ साइप्रस
    ७. साइप्रस युनिभर्सिटी अफ टेक्नोलोजी

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend