images

२०८३ आश्विन १७ गते

images
images
images
  • अटो
  • नेपाली बजारमा सार्वजनिक क्रेटा ईभी...

नेपाली बजारमा सार्वजनिक क्रेटा ईभी , सुरुवाती मूल्य ५१.९६ लाख,यस्ता छन् फिचर

नेपाली बजारमा सार्वजनिक क्रेटा ईभी , सुरुवाती मूल्य ५१.९६ लाख,यस्ता छन् फिचर

images
images
मंगलवार, चैत्र १२ २०८१
मंगलवार, चैत्र १२ २०८१
  • काठमाडौं । हुन्डाईको बहुप्रतिक्षित क्रेटा ईभी अन्ततः नेपाली बजारमा सार्वजनिक भएको छ । नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले प्रालिले उक्त ईभी सोमबारदेखि नेपाली बजारमा ल्याएको हो ।

    images
    images

    गाडीका सबैजसो फिचर यस अघि नै सार्वजनिक भइसकेको भए पनि मूल्य भने यकिन भइसकेको थिएन । तर औपचारिक रूपमा ईभी नेपाली बजारमा आएसँगै यसको मूल्य समेत सार्वजनिक भएको छ । जसअनुसार क्रेटा ईभीको मूल्य ५१ लाख ९६ हजारदेखि ५९ लाख ९६ हजार रुपैयाँसम्म रहेको छ ।

    कम्पनीका अनुसार चार मोडेलमा उपलब्ध क्रेटा ईभीको सुरुवाती एक्जिक्युटिभ मोडेललाई ५१ लाख ९६ हजार रुपैयाँ पर्नेछ । त्यस्तै क्रेटा ईभी स्मार्टको मूल्य ५४ लाख ९६ हजार, क्रेटा ईभी स्मार्ट (ओ)को मूल्य ५६ लाख ९६ हजार र क्रेटा प्रिमियम प्लस ईभीको मूल्य ५९ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

    images
    images

    ब्याट्री तथा मोटर क्षमताका हिसाबले हाललाई यसको एउटा मात्र भेरियन्ट नेपाल आएको छ । हुन्डाईको क्रेटा ईभी ५१.४ किलोवाट आवर र ४२ किलोवाट आवर गरी दुई ओटा ब्याट्री प्याक अप्सनमा भारतीय बजारमा सार्वजनिक भएको थियो । जसमा क्रमशः १२६ किलोवाट र ९९ किलोवाटको मोटर जडित छ ।तर नेपालमा भने यो ईभी सुरुवाती चरणमा ४२ किलोवाट आवर ब्याट्री तथा ९९ किलोवाट मोटर पावर अप्सनमा मात्रै उपलब्ध गराइएको हो ।

    दक्षिण कोरियाली कम्पनीले ल्याएका अहिलेसम्मका तीन ईभी मोडेल मध्ये क्रेटालाई नै पहिलो 'किफायती' मूल्यको ईभी मानिएको छ । करिब एक दशकदेखि भारत र नेपालको बेस्ट सेलिङ एसयूभीको रूपमा स्थापित क्रेटा नै विद्युतीय भर्सनमा समेत आएको हो ।कम्पनीका अनुसार अहिलेसम्म पेट्रोल तथा डिजेलबाट चल्ने क्रेटा एसयूभी भारतमा ११ लाख र नेपालमा १० हजार युनिट बिक्री भइसकेको  छ । भारतमा भने क्रेटा ईभीको सुरुवाती मूल्य १८ लाख भारु रहेको छ ।

    कोरियाली कम्पनी भए पनि क्रेटा ईभी भारतमै निर्मित गाडी हो ।क्रेटा ईभीमा एनएमसी ब्याट्री राखिएको छ । जुन आईपी ६७ वाटरप्रपुफ तथा डस्ट प्रुफ हो । यसमा समावेश ब्याट्री हिटर प्रविधिले गर्दा -३५ डिग्री सेल्सियससम्मको चिसो मौसममा पनि गाडीले राम्रो पर्फमेन्स दिने दाबी कम्पनीले गरेको छ ।  हुन्डाईको दाबी अनुसार ४२ किलोवाट आवर ब्याट्रीमा ३९० किमि रेन्ज दिन्छ । यो ईभीमा इको, नर्मल र स्पोर्टस गरी तीन ओटा ड्राइभिङ मोड रहेका छन् ।

    गाडीको साथमा उपलब्ध हुने ११ किलोवाट एसी होम चार्जरले क्रेटा ईभीलाई केवल चार घण्टामै फुल चार्ज गर्न सक्ने दाबी गरिएको छ । डीसी फास्ट चार्जिङको कुरा गर्नु पर्दा क्रेटा ईभीलाई १०% देखि ८०% सम्म चार्ज गर्न ५० किलोवाटको चार्जरले ५८ मिनेट तथा १०० किलोवाटको चार्जरले ३९ मिनेट लाग्ने बताइएको छ । शून्यदेखि १०० किमि प्रति घण्टाको स्पिड समात्न यो ईभीलाई मात्र ७.९ सेकेन्ड लाग्ने दाबी कम्पनीले गरेको छ ।

    यस्ता छन्, फिचर

    आईसीई प्लेटफर्ममै निर्मित भए पनि क्रेटा ईभी अनेकन् फिचरले भरिपूर्ण छ । यसमा मनोरन्जनका लागि बोस साउन्ड सिस्टमका आठ ओटा स्पिकर, पानोरामिक सनरुफ, वायरलेस फोन चार्जिङ प्याड, ड्याशबोर्डमा हलुका घुमाउरो स्क्रिन र अल-डिजिटल ड्राइभर डिस्प्ले जस्ता फिचर छन् । अटोमेटिक क्लाइमेट कन्ट्रोलको साथमा ग्लोभबक्स र आर्म रेस्टमुनीको स्टोरेज कम्पार्टमेन्ट दुवैमा कुलिङ सिस्टम पाउन सकिन्छ । अगाडिका दुवै सिट भेन्टिलेटेड हुनुका साथै विद्युतीय रूपमा नै एडजस्ट गर्न सकिन्छ । गाडीमा लेभल टु एड्भान्स ड्राइभिङ असिस्टेन्ट सिस्टम पनि दिइएको छ । 

    क्रेटा ईभीमा आयोनिक फाइभको झल्को दिने नयाँ स्टेयरिङ ह्विल छ र जसमा चार ओटा थोप्ला भएको सङ्केत राखिएको छ, मोर्स कोडमा यसको अर्थ हुन्डाईको नामको पहिलो अक्षर अर्थात् 'H' हुन्छ ।एउटा आकर्षक फिचर भनेको यो ईभीमा ड्राइभर वन्ली एसी मोड हो, जसले ड्राइभरको साइडमा मात्रै एयर भेन्ट्स एक्टिभ राख्ने काम गर्छ । दुवै फ्रन्ट सिटको पछाडिपट्टि फोल्ड गर्न मिल्ने ट्रे दिइएका छन्, जसले पछाडि सिटमा बसेर काम गर्न सजिलो बनाउँछ । पछाडिका झ्यालहरूका लागि म्यानुअल पर्दाको व्यवस्था पनि गरिएको छ ।

    गाडीमा साइडलाइट दिँदा ड्याशबोर्डमै साइड भ्यु हेर्न मिल्छ ।  १०.२५ इन्चको डिजिटल क्लस्टर, भीटुएल, क्रुज कन्ट्रोल जस्ता फिचर पनि यो गाडीमा राखिएका छन् । २०० एमएम ग्राउन्ड क्लियरेन्स भएको क्रेटा ईभीमा आर १७ एलोय ह्विल पाउन सकिन्छ भने कम्पनीले गाडीको साथमा एउटा स्पेयर टायर समेत उपलब्ध गराउने बाचा गरेको छ ।  जब कि नेपाली बजारमा उपलब्ध अन्य ईभीले स्पेयर टायर दिँदैनन् ।गाडीमा सुरक्षाका लागि ६ ओटा एयरब्याग, एबीएस, हिल डिसेन्ट कन्ट्रोल, लेन चेन्ज इन्डिकेटर, रियर डिफगर, अटो होल्ड र फ्रन्ट क्यामेरा, फ्रन्ट राडार तथा रियर राडार सहितको एडीएएस जस्ता फिचर पाउन सकिन्छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend